Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेकपा एमालेका नेता माथि लाग्याे बलात्कारको आरोप

नेकपा एमालेका नेता माथि लाग्याे बलात्कारको आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७८ मंगलवार • १२:४०:२२ बजे
  • 1.3K
    SHARES
  • नेकपा एमालेका नेता माथि लाग्याे बलात्कारको आरोप

    सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ ।

    images

    नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् ।

    ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् ।

    जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।

    बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ ।

    हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ । त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ ।

    याे खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology