Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कमल थापाको निर्णय दुर्भाग्यपूर्ण :राप्रपा अध्यक्ष लिङ्देन

कमल थापाको निर्णय दुर्भाग्यपूर्ण :राप्रपा अध्यक्ष लिङ्देन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७८ मंगलवार • १९:१०:०७ बजे
  • 661
    SHARES
  • कमल थापाको निर्णय दुर्भाग्यपूर्ण :राप्रपा अध्यक्ष लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाड्ने घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् ।

    images

    लिङ्देनले छोटो प्रतिक्रिया दिँदै निवर्तामान थापाले पार्टी परित्याग गर्नु अनपेक्षित र दुर्भाग्यपूपर्ण भएको बताएका हुन् । ‘उहाँको पत्रको विषयमा पार्टीको शीर्ष तहमा छलफल भइरहेको बेला यस्तो निर्णय हुनु अनपेक्षित र दुर्भाग्यपूर्ण छ’, उनले भने ।

    पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृतिलाई सुधार गरेर पार्टीमै क्रियाशील रहने चाहना भएपनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि अप्रिय निर्णय लिन बाध्य भएका थिए ।

    गएको मंसिरमा भएको अधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा पार्टी नेतृत्वप्रति असन्तुष्ट जनाउँदै आएका थिए ।

    थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आएका थिए । तर, सो मागका सन्दर्भमा अध्यक्ष लिङ्देनले सुनुवाइ नगरेपछि उनी पार्टीबाटै अलग भएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology