Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७८ बुधवार • ०९:५८:०९ बजे
  • 718
    SHARES
  • आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

    आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

    images

    सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेको हो । अब अर्को बैठक फागुन २ गते बस्ने छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।

    स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीबारे सहमति जुटाउन केही समय लिन खोजेका छन । यसअघि प्रतिनिधिसभाको माघ १६ गतेका लागि बोलाइएको बैठक पनि सूचनामार्फत् सारिएको थियो ।

    त्यतिबेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो ।

    notice.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology