Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चैतभित्रै मेलम्चीको पानी राजधानीमा

चैतभित्रै मेलम्चीको पानी राजधानीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७८ बुधवार • १०:०३:४६ बजे
  • 766
    SHARES
  • चैतभित्रै मेलम्चीको पानी  राजधानीमा

    मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पुर्‍याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा हुँदैछ ।

    images

    गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले मुहानस्थल अम्बाथान मुख्य बाँधस्थलको लेदो सफा गर्ने, अस्थायी बाँध मर्मत सम्भार गर्ने काम तीव्र गतिमा भइरहेको जानकारी दिए ।

    बाढीले क्षतिग्रस्त आयोजनाको मुख्य संरचना १० मिटर सम्म पुरिएको थियो । चिनियाँ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले माघ १३ गते देखि उक्त काम गरिरहेको छ ।

    बाढीले आयोजनाको मुख्य प्रवेश मार्गको आठ किलो मिटरसडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएको थियो । नदीको सतहबाट दुई किमिसम्म ढुङ्गा, गिट्टी, बालुवालगायतका पदार्थले पुरिएको छ ।

    यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # पानी राजधानीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology