Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एसीसीको बिरोध गर्दै काठमाडौंमा ७ दलको प्रदर्शन

एसीसीको बिरोध गर्दै काठमाडौंमा ७ दलको प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७८ बुधवार • १४:४०:११ बजे
  • 949
    SHARES
  • एसीसीको बिरोध गर्दै काठमाडौंमा ७ दलको प्रदर्शन

    सात राजनीतिक दलहरुले एमसीसीको बिरोध गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन् ।

    images

    बुधबार दिउँसो माइतिघरमा भेला भएर विभिन्न सात राजनीतिक दलले संयुक्त रुपमा एमसीसीको बिरोध गरेका हुन् । बिरोध कार्यक्रममा ‘एमसीसी खारेज गरौँ, गो ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप बन्द गरौं’ भन्दै नारा लगाइएको थियो ।

    नेपाल कम्युनिष्ट पार्टी, नेकपा मसाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (माओवादी समाजवादी)ले संयुक्त रुपमा एमसीसीको बिरोध कार्यक्र गरेका हुन् ।

    an1.JPG

    बिरोध प्रदर्शन कार्यक्रम माइतिघरबाट सुरु भएर नयाँ बानेश्वर सम्म पुगेको छ । प्रदर्शनकारीहरुको सँगसँगै नेपाल प्रहरी र सशस्त्र प्रहहरु पनि ठूलो संख्यामा परिचालन गरिएको छ ।

    नेपालमा एमसीसीको विषय पेचिलो बन्दै गएको छ । एमसीसी पास गर्ने या नगर्ने भन्ने सम्बन्धमा राजनीतिक दलहरुबीच पनि सहमति जुट्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # ७ दलको प्रदर्शन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology