Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेपनि केही असर गर्दैनः लिङ्देन

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेपनि केही असर गर्दैनः लिङ्देन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७८ बुधवार • १८:५८:२३ बजे
  • 610
    SHARES
  • कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेपनि केही असर गर्दैनः लिङ्देन

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छाडेपनि केही असर नपर्ने बताएका छन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनले बताए ।

    images

    अध्यक्ष लिङ्देनले बुधबार भने, ‘यस प्रकारको अनपेक्षित घटनाले राप्रपा, हामी सबैलाई दुखित त बनायो नै तर यो राप्रपाको जीवनमा सधैँ सम्झनामा राखिने विषय, छलफल र चासोको विषय भएपनि हाम्रो आगामी जीवनमा अगाडी बढ्ने हाम्रो गतिमा यसले फरक पार्दैन ।

    हामी अझ दृढ, अझ संगठित र अझ सशक्त भएर अगाडी बढ्छौँ ।’ उनले निवर्तमान अध्यक्ष थापाको पार्टी परित्यागको घटनाबाट विचलित नहुनका लागि नेता, कार्यकर्ताहरूलाई आह्वान समेत गरे ।

    पार्टीलाई शक्तिमा रुपान्तरण गरेर अगाडि बढ्ने भन्दै उनले पार्टीको महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरुले त्यसप्रकारको काम नगर्नेमा विश्वास व्यक्त गरे । अध्यक्ष लिङ्देनले थापालाई निर्णय सच्याएर पुर्नविचार गर्न आग्रह समेत गरेका छन् । थापाको यस निर्णयले उनकै राजनीतिक भविष्य समेत नरहेको दावी गर्दै उनले निर्णय सच्याएर राप्रपामै फर्किन आग्रह गरे ।  थापाले मंगलबार पार्टी परित्यागको घोषणा गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # लिङ्देन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology