Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसी विरुद्ध एकीकृत समाजवादीले फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने

एमसीसी विरुद्ध एकीकृत समाजवादीले फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७८ बुधवार • २०:३२:१४ बजे
  • 895
    SHARES
  • एमसीसी विरुद्ध एकीकृत समाजवादीले फागुन १ गते देशव्यापी प्रदर्शन गर्ने

    सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसीको विरोधमा फागुन १ गते देशभर प्रदर्शन गर्ने भएको छ ।

    images

    नेकपा एस सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताको विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए ।

    फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक एमसीसीविरुद्ध प्रदर्शन गर्न लागिएको हो । त्यसका लागि जनवर्गीय संगठनहरुलाई बैठकले निर्देशन दिएको छ ।

    एमसीसीको विषय सत्ता गठबन्धनमै पेचिलो बन्दै गएका बेला नेकपा एसले सडकमै उत्रिएर विरोध गर्न लागेको हो ।

    फागुन २ गते संसद बैठक बस्न लागेको र त्यसमा एमसीसी टेबल गर्न प्रधानमन्त्रीले चाहेको भन्दै नेकपा एसले फागुन १ गते नै विरोध प्रदर्शन गर्न लागेको नेताहरुले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology