Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

याे सरकार श्रमजीवी , किसान मजदुरकाे कि माफियाको ?

याे सरकार श्रमजीवी , किसान मजदुरकाे कि माफियाको ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र ८, २०७७ सोमवार • १२:२६:०७ बजे
  • 2.0K
    SHARES
  • याे सरकार श्रमजीवी , किसान मजदुरकाे कि माफियाको ?
    सत्तारूढ नेकपाकाे झण्डामा राताे रङ्गको पृष्ठभूमिमा हँसिया र हथौड़ा राखिएको छ याे कम्युनिस्टको अन्तर्राष्ट्रिय झण्डा पनि हाे । राताे रङ्ग अर्थात रगतकाे प्रतिबिम्ब हाे भने किसानको प्रतिनिधित्व हँसिया र मजदुरको प्रतिनिधित्व हथौड़ा हाे तर नेपालमा भने त्यसलाई किसान र मजदुरको शाेषणकाे प्रतिककाे रूपमा स्थापित गर्न खाेजिँदै छ । समाजवादकाे नाममा त्यहि हँसियाले प्रत्येक दिन किसानकाे हातखुट्टा ताछ्ने र हथौड़ाकाे नाममा मजदुरको टाउकाेमा प्रहार गर्ने क्रम निरन्तर चलिरहकाे छ । 

    राेपाइँकाे बेला किसान मल नपाएर भाैतारीरहका छन् भने काेराेना महामारीको कारण बिदेशमा अलपत्र परेका मजदुर नेकपाकाे झण्डा मा पाेतिएकाे जस्तै रगतका आशु बगाउँदै तड्पिन बाध्य छन् । बिदेशमा रहेका नेपाली कामदारलाइ आपत पर्दा स्वदेश ल्याउनु राज्यको दायित्व हाे सरकार आफ्नाे दायित्व बाट पछि हट्दै अझ त्यसका लागि श्रमिकहरू बाटै रकम उठाएर नेपाल ल्याउने तयारी गरिरहेकाे छ अब प्रश्न उठ्छ के याे सरकार श्रमजीवीकाे हाे ? 

    सर्बोच्च अदालतले बैदेशिक राेजगार कल्याणकारी काेष बाट श्रमिकको उद्दार गर्न आदेश पनि दियाे आजसम्म हाल उक्त काेषमा ६ अर्ब भन्दा बढी रकम जम्मा भएको छ तर याे सरकार अदालतको आदेशलाइ लत्याउँदै उद्दारकाे नाम दिएर सुरू गरेकाे चार्टर्ड फ्लाइट श्रमिकको शाेषण गर्ने हतियार बनाइरहेकाे छ । जसमा नेपाल आउने प्रत्येक श्रमिकले महङ्गो मा हवाई टिकट काट्नुपर्छ , घर फर्कने श्रमिकले आफ्नै पैसामा PCR टेस्ट समेत गर्नुपर्नेछ त्यतिमात्र हैन काठमाडौं अाेर्लेपछि पनि श्रमिकले सरकारले ताेककाे महङ्गो हाेटलमा आफ्नै खर्चमा १ हप्ता क्वारेन्टाइनमा बस्नुपर्छ जसमा प्रतिदिन प्रतिब्यक्ति १८०० देखि ९००० सम्म तिर्नुपर्नेछ भनेर सरकारले नै निर्देशन जारी समेत गरेकाे छ । आखिर याे सरकार श्रमजीवीकाे कि माफियाको ? 

    रेमिटेन्समा रमाइरहेकाे नेकपा सरकार बिदेशमा अलपत्र परेका नेपाली श्रमिकलाई अप्ठ्यारो पर्दा समेत कानमा तेल हालेर मस्त निन्द्रामा सत्ताकाे लडाइँमा लठ्ठीरहेकाे छ । र आफुले पूरा गर्नुपर्ने दायित्वबाट भाग्न खाेज्दैछ । स्वदेशमा राेजगारी दिन नसकेर हरेक दिन हजारौं युवालाई बिदेश पठाएकाे सरकारले अाज  तिनै श्रमिक नागरिक लाई आपत पर्दा कमाउने नीति लिएर बसेकाे छ जुन कम्युनिस्ट बृत्त भित्रकाे अपराध हाे । 

    दिनानुदिन करोडौं देखि अर्बौंकाे भ्रष्टाचारकाे दलदलमा फसेको सरकार आज श्रमिक प्रति गैरजिम्मेवार बनिरहकाे उदाहरण सरकारले चालेकाे कदम बाट नै प्रष्ट देख्न सकिन्छ  , दिनहुँ सत्ताकाे लडाइँ मा ब्यस्त रहकाे नेकपा सरकार श्रमिक र किसानकाे समस्यामा उदासीन छ श्रमिक र किसान प्रतिकाे रबैया हेर्दा याे सरकार श्रमजीवीकाे कि माफियाको भन्ने प्रश्न उठ्छ ?
    अाखिर याे सरकार कस्काे हाे ?

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology