Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • ०८:४७:५२ बजे
  • 1.7K
    SHARES
  • दूधको मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

    सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो ।

    images

    यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपियाँ वृद्धि गरी ५६.०४ रुपियाँ निर्धारण गरेको थियो ।

    त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो । मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो ।

    डीडीसीले उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ थिया ।

    त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ । वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर ६.५२ रुपियाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर२.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको छ ।

    उद्योगीले प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने माग गरेका थिए । १० रुपियाँमध्ये सात रुपियाँ किसानको हुने र तीन रुपियाँ उद्योगीको हुने पस्ताव गरिएको थियो ।

    यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरको थियो । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # दूधको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology