Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रचण्डलाई भेट्दै शेखर कोइराला

प्रचण्डलाई भेट्दै शेखर कोइराला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १०:३९:१४ बजे
  • 1.1K
    SHARES
  • प्रचण्डलाई भेट्दै शेखर कोइराला

    केहि दिनअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास (बालकोट) पुगेर भेटवार्ता गरेका सत्तारूढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आज (बिहीबार) सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्ने भएका छन् ।

    images

    त्यसका लागि डा. कोइराला अहिले बिहान ९ बजे प्रचण्ड निवास (खुमलटार) पुग्दै छन् । डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले अहिले बिहान ९ बजे खुमलटारमा भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

    ‘अहिलेको समसामयिक राजनीतिक विषयहरू एमसीसी, स्थानीय तहको चुनावलगायतबारे छलफल गर्ने कार्यक्रम छ’, उनले भने ।

    एमसीसी विवाद चर्किएको तथा स्थानीय चुनावको मिति घोषणा भएको संवदेशनशील राजनीतिक परिस्थितिमा कांग्रेस नेता कोइरालाले विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफललाई तीव्र बनाएका छन् ।

  • सम्बन्धित विषय:

  • # डा.शेखर कोइराला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology