Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन्, चुनावी गठबन्धन हुँदैन:कोइराला

कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन्, चुनावी गठबन्धन हुँदैन:कोइराला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १२:०१:१४ बजे
  • 619
    SHARES
  • कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन्, चुनावी गठबन्धन हुँदैन:कोइराला

    नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटेर गठबन्धन हितकर नहुने सुझाव दिएका छन् ।

    images

    अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार बिहान खुमलटार पुगेका थिए । समसामयिक राजनीतिक विषयमा झन्डै १ घन्टा छलफल गरेका प्रचण्ड र कोइरालाबीच गठबन्धन, चुनावी तालमेल, एमसीसीलगायत विषयमा छलफल भएको थियो ।

    प्रचण्ड निवास खुमलटारमा आज भएको भेटका क्रममा नेता कोइरालाले कम्युनिस्टले कांग्रेसलाई भोट दिन विश्वास आफूलाई नभएको बताए । “स्थानीय चुनावमा त गठबन्धनको कुरै नगरौँ ।

    केन्द्रको चुनावमा पनि कांग्रेसलाई कम्युनिस्टले भोट हाल्दैनन् । चुनावी गठबन्धन हामी कसैको हितमा हुँदैन,” कोइरालाले प्रचण्डलाई भने । प्रचण्डसँगको भेटमा कोइरालाले संसद्लाई बन्धक बनाउन नहुने धारण राखेका थिए ।

    “संसद्लाई बन्धक नबनाऊ, जे–जे गर्ने हो संसदबाटै छिनोफानो गरौँ,” कोइरालाले अध्यक्ष प्रचण्डलाई गरेको आग्रह उद्धृत गर्दै कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ।

    बैठकमा एमसीसीबारे पनि छलफल भएको थियो । कोइरालाले सभामुखले संसद् सुचारु गरेर एमसीसी टेबुल गर्नु उपयुक्त हुने बताए । प्रचण्डले एमसीसीका कारण राजनीति गिजोलिँदै गएकोमा चिन्ता व्यक्त गर्दै संवादबाटै टुंगोमा पुग्ने बताए ।

    प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तिव्रता दिएका छन् ।

    यसअघि मंगलबार डा.कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # चुनावी गठबन्धन हुँदैन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology