Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता,एमसीसी अनुमोदन गराउने प्रतिवद्धताबाट प्रचण्ड पछि हटे

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता,एमसीसी अनुमोदन गराउने प्रतिवद्धताबाट प्रचण्ड पछि हटे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १३:३४:०५ बजे
  • 688
    SHARES
  • देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता,एमसीसी अनुमोदन गराउने प्रतिवद्धताबाट प्रचण्ड पछि हटे

    सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्ने विषयमा छलफल भएको छ ।

    images

    कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीबारे छलफल भएको हो ।

    प्रधानमन्त्री देउवालाई भेट्ना प्रचण्ड र नेपाल बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

    स्रोतका अनुसार प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने बताएका थिए । कम्तीमा चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने भनाइ थियो । 

    प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्ने अडान लिएका छन् ।

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले यसअघि सामूहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्‌बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । 

    माओवादी अध्यक्ष प्रचण्ड त्यो प्रतिवद्धताबाट पछि हटेका छन् । आजै बिहान कांग्रेस नेता डा.शेखर कोइराला र प्रचण्डबीच पनि छलफल भएको थियो । कोइरालासँ भेटवार्तापछि नेपालसहित प्रचण्ड बालुवाटार पुगेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड पछि हटे
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology