Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

मन्त्री आलेविरुद्ध बतास समूह मुद्दा दायर गर्न सर्वोच्च पुग्यो

मन्त्री आलेविरुद्ध बतास समूह मुद्दा दायर गर्न सर्वोच्च पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १३:३६:१७ बजे
  • 514
    SHARES
  • मन्त्री आलेविरुद्ध बतास समूह मुद्दा दायर गर्न सर्वोच्च पुग्यो

    बतास समूहले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

    images

    बतास समूहले मन्त्रीबाट आफू अन्यायमा परेको जनाउँदै उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने तयार गरेको हो । ‘बतास फाउन्डेसनको नामबाट बुधबार मन्त्री आलेविरुद्ध रिट परेको छ तर दर्ता भएको छैन ।

    अहिले उक्त रिटमाथि अध्ययन भइरहेको छ,’ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन गर्ने तयारी गरेको थियो ।

    उक्त कार्यलाई मन्त्री आलेले रोकेका थिए । त्यति मात्र होइन मन्त्री आलेले बतासले सञ्चालन गर्दै आएको पशुपतिस्थित धर्मशाला पनि सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।

    केही दिनअघि मात्र बतास समूहले विज्ञप्ति जारी गरी मन्त्री आलेको निर्णयले आफूलाई करोडौँ रुपैयाँ घाटा भएको जनाएको थियो ।

    विज्ञप्तिमा बतास समूहले त्यसवापत क्षतिपूर्तिको माग समेत गरेको थियो । अहिले बतसा समूहले सोही क्षतिपूर्तिको माग गर्दै सर्वोच्च पुगेको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology