Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आगामी स्थानीय निर्वाचनमा पुन मेयरमा उम्मेदवारी दिन्छु:विद्यासुन्दर शाक्य

आगामी स्थानीय निर्वाचनमा पुन मेयरमा उम्मेदवारी दिन्छु:विद्यासुन्दर शाक्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १४:१३:५७ बजे
  • 1.5K
    SHARES
  • आगामी स्थानीय निर्वाचनमा पुन मेयरमा उम्मेदवारी दिन्छु:विद्यासुन्दर शाक्य

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी स्थानीय निर्वाचनमा पुन: मेयरको उम्मेदवार बन्ने संकेत गरेका छन् ।

    images

    बिहीबार काठमाडौंका वडा – २१ गोफल टोलमा निर्माण भइरहेको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले पार्टीले जिम्मेवारी दिए आउदो स्थानीय तहको निर्वाचनमा पनि काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने बताएका हुन् ।

    पछिल्लो समय मेयर शाक्यले काठमाडौं महानगर भित्रका सम्पदाका निर्माण कार्य तथा पुराना सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिरहेका छन् ।

    उनले शिलान्यासपछि सम्पदाहरुको निर्माण कार्य चाँडै पूरा हुने पनि दावी गरिरहेका छन् । फल्चा र पार्कको शिलान्यास गर्दै उनले भने, ‘म एउटा पार्टीको कार्यकर्ता हुँ ।

    पार्टीले आवश्यकता अनुसार कुन जिम्मेवारी दिने हो । पार्टीले जिम्मेवारी दिए पुन मेरो उम्मेदवारी रहन्छ । काठमाडौं महानगरमा हामी जित्ने गरेर तयारी गरिरहेका छौँ।’

  • सम्बन्धित विषय:

  • # विद्यासुन्दर शाक्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology