Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चुनावका लागि मात्रै रु. ५० अर्ब बजेट माग छ: अर्थमन्त्री शर्मा

चुनावका लागि मात्रै रु. ५० अर्ब बजेट माग छ: अर्थमन्त्री शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १७:२८:५५ बजे
  • 1.2K
    SHARES
  • चुनावका लागि मात्रै रु. ५० अर्ब बजेट माग छ: अर्थमन्त्री शर्मा

    अर्थमन्त्री जनार्दन शर्माले आगामी चुनावका लागि मात्रै रु. ५० अर्ब बजेट माग रहेको बताएका छन् ।

    images

    विहीबार आर्थिक वर्ष २०७८/७९को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले चुनावका लागि मात्रै रु. ५० अर्ब बजेट माग रहेको बताएका हुन् ।

    आर्थिक वर्ष २०७८/७९ को बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको उनले बताए । बाँकी बजेट के–कसरी ब्यवस्थापन गर्ने, भन्नेबारे अध्ययन भइरहेको बताउँदै उनले भने, ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं ।

    स्रोत व्यवस्थापनमा चुनौती छ ।’ त्यसोत, सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा गरिसकेको छ ।

    जसका लागि निर्वाचन आयोगले मात्रै १२ अर्बभन्दा बढी खर्च हुने अनुमान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थापनमा ठूलो खर्च लाग्ने अर्थमन्त्री शर्माको भनाइ छ ।

    जसका लागि सुरक्षा निकायसँग सरकारले छलफल गरिरहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology