Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रतिगमनकारी शक्तिहरू पराजित भइसके :प्रचण्ड

प्रतिगमनकारी शक्तिहरू पराजित भइसके :प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १७:३०:१० बजे
  • 544
    SHARES
  • प्रतिगमनकारी शक्तिहरू पराजित भइसके :प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसकेको र जनता विजयी भइसकेका बताएका छन् ।

    images

    विहीबार मधेश प्रदेशका जनप्रतिनिधिहरूलाई काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले माओवादीलाई सखाप पार्न लाग्ने प्रतिगमनकारी शक्तिहरू पराजित भएका बताएका हुन् ।

    अध्यक्ष दाहाले भनेकाछन्, ‘माओवादीलाई सखाप पार्न खोज्ने प्रतिगमनकारी शक्तिहरू पराजित भइसके र जनता विजयी भइसकेका छन् ।

    यसका साथै उनले मधेश र लुम्बिनी लगायतका प्रदेशमा माओवादीमा प्रवेश गर्नेको लहर चलेको बताएका छन् । शान्ति सम्झौतामा हस्ताक्षर गर्ने बेलामा नै मधेशी जनता माओवादीमय भइसकेको बताउँदै उनले थप भने, ‘पछिल्लो समय विदेशी शक्तिहरूले मधेशमा माओवादीविरुद्ध भ्रम छरे ।

    मधेशी जनताको अधिकारका लागि भन्दै हिँडेका केपी ओली विदेशी शक्तिको इसारामा चले । मधेशका जनताको भविष्य सुनिश्चित भएको पार्टी माओवादी नै हो ।’

  • सम्बन्धित विषय:

  • # प्रतिगमनकारी शक्ति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology