Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमाले सांसद बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता

एमाले सांसद बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १७:३३:१७ बजे
  • 1.2K
    SHARES
  • एमाले सांसद बानियाँविरुद्ध बलात्कार मुद्दा दर्ता

    मुगुका एमाले सांसद् मोहन बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी महिलाले असुरक्षित महसुस गरेको बताएकी छन् । आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि अशुरक्षित महसुस गरेको उनले बताएकी छिन् ।

    images

    जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाइले भेटेरै भोलि बिहान १० बजे तपाईंको लिएको २५ लाख रुपैयाँ दिन्छौँ । जाहेरी फिर्ता लिनुस् भनेको उनको भनाइ छ । पीडित महिलाले भनिन्, ‘मैले जाहेरी दिइसके । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुँदैन । जे गर्छ कानुनले गर्छ ।’

    जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले समेत फोन गरेर प्रलोभन देखाएको उनले बताइन । बानियाँको छोरा मदन बानियाँले जाहेरी दिएकै दिन जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिएको उनले बताइन । पीडित महिलाले थपिन्, ‘म जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय जाँदै थिएँ ।

    बानियाँका छोराले तपाईंले जाहेरी दिँदैमा कुनै असर पर्दैन । यस्ता करणी घटना कैयौँ व्यहोरिसक्यौँ । यसको कुनै तुक छैन भने ।’ बानियाँका आफन्तहरूले पटक पटक फोन गरेर, भेटेरै समेत धम्की दिइरहेको उनले बताइन । पीडित महिलाले एक साता अगाडि सामाजिक सञ्जालमा ज्यान जोखिम रहेको जनाएका थिइन् । उनले लेखेखकी थिइन, ‘म मरे भने सांसद बानियाँकै कारणले मर्ने छु । उहाँ नै जवाफदेही हुनु हुनेछ ।

    यसपछि घटना दबाउन कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय बनेका थिए । उनले पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिन समेत दबाब दिइरहेको महिलानको भनाइ छ । जाहेरी दिँदाको दिनमा पनि सांसद परियार बाँके आएको उनले बताइन ।

    उनले महिलालाई जाहेरी कसरी दर्ता हुन्छ ? हामी पनि हेर्छौँ । भन्दै धम्क्याएका थिए । लेनदेनको विषयमा पनि मिलापत्र गर्न पटक पटक दबाब दिँदै आएको पीडित महिलाले बताइन् । पटक पटक लिएको रकम फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक दिएका थिए ।

    राष्ट्रिय बाणिज्य बैंकको चेक रहेको खातामा पैसा थिएन । चेक बाउन्स भएको छ । त्यही बाउन्स चेक समेत सांसद परियारसहितको टोलीले खोसेको थियो ।

    पीडित महिलाले एमाले सांसद बानियाँले जाहेरीमा नेपालगञ्जस्थित अप्सरा होटलमा बलात्कार गरेको खुलाएकी छिन् । उनले भनिन्, ‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलत्कार गरे ।’

    जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका एमाले सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ ।

    जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नम्बर ३७२ मा दर्ता भएको छ ।

    महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन् । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसद्को हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए । उनले भने, ‘सांसदविरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।’

  • सम्बन्धित विषय:

  • # एमाले सांसद बानियाँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology