Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न एमालेको आग्रह

फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न एमालेको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७८ बिहिवार • १८:५१:३६ बजे
  • 1.1K
    SHARES
  • फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न एमालेको आग्रह

    प्रमुख विपक्षी दल नेकपा (एमाले)ले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

    images

    सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारीसहित २६ गतेको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेपछि सभामुखले फागुन २ गतेका लागि बैठक तोकेका थिए ।

    त्यस दिन एमालेले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेको छ । एमालेले फागुन २ गते नै प्रदेशस्तरीय भेला राखेका कारण त्यसदिन बैठक नराख्न संघीय संसद् प्रतिनिधिसभा सचिवालयका सचिव गोपालनाथ योगीलाई आग्रह गरिसकेको छ ।

    एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठक स्थगित गर्न सचिवमार्फत् आग्रह गरेका हुन् ।

    प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसद्हरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उनले बताए ।

    संसद् सचिवालयले एमालेलाई सभामुखलाई जानकारी गराएपछि बैठक सर्ने नसर्ने विषयमा जानकारी दिने बताएको छ । पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # एमालेको आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology