Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस् : मदनकुमारी शाह एकीकृत समाजवादी

एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस् : मदनकुमारी शाह एकीकृत समाजवादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १०:३७:१८ बजे
  • 2.0K
    SHARES
  • एमसीसीकै कारण गठबन्धन टुट्छ भने टुटोस् : मदनकुमारी शाह एकीकृत समाजवादी

    नेकपा (एकीकृत समाजवादी)की नेतृ मदनकुमारी शाह ‘गरिमा’ले एमसिसी पारित नगर्दा सरकार ढल्छ भने ढल्न दिनुपर्ने बताएकी छन् ।

    images

    “राष्ट्रियताभन्दा सरकार ठुलो नभएका कारण गठबन्धन तोड्न तयार छौँ । तर, एमसिसी कुनै पनि सर्त वा बहानामा अघि बढ्नै दिँदैनौँ,” राष्ट्रियसभा सदस्यसमेत रहेकी शाहले भनिन् ।

    कार्यकर्ता भेटघाटमा अछाम पुगेकी शाहले एमसीसी कुनै पनि हालतमा अनुमोदन हुन नहुने बताइन् । “एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा जनतालाई स्वीकार्य हुँदैन ।

    यो खारेज हुनुपर्छ,” उनको भनाइ छ । उनले पाँच दलीय सत्ता गठबन्धन फुटाउने वा जुटाउने कारक एमसीसी बन्न नहुने पनि बताइन् ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology