Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसले समुद्री पहुँचमा अवरोध गरेको युक्रेनी आरोप

रुसले समुद्री पहुँचमा अवरोध गरेको युक्रेनी आरोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १०:४४:१८ बजे
  • 739
    SHARES
  • रुसले समुद्री पहुँचमा अवरोध गरेको युक्रेनी आरोप

    एजेन्सी । युक्रेनले आफ्नो समुद्री पहुँचमा रुसले अवरोध सृजना गरेको आरोप लगाएको छ ।

    images

    रसियाली नौ सेनाले पनडुब्बी अभ्यास गर्न लागिरहेका बेला युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले सो आरोप लगाएका हुन् ।

    अजोभ सागर पूर्ण रुपमा बन्द गरिएको र ब्ल्याक सागरलाई रसियाली फौजले करिव करिव पूर्णरुपमा बिच्छेद गरेको विदेशमन्त्री कुलेबाले बताए । रसियाले छिमेकी मुलुक बेलारुसँग सैन्य अभ्यास गर्दैछ । अर्को साता हुने सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार र गोलाबारी हुनसक्ने भन्दै रुसले तटीय क्षेत्रमा पूर्वचेतावनीसमेत जारी गरेको छ ।

    बेलारुस रुसको निकट छिमेकी हो र उसको युक्रेनसँग लामो सीमा जोडिएको छ । सैन्य अभ्यासलाई फ्रान्सले शितयुद्धपछिकै रसियाको अहिलेसम्मकै ठूलो परिचालन भनेको छ ।

    त्यसले आफूलाई मनोवैज्ञानिक दबाब दिएको युक्रेनले बताउँदै आएको छ । शीतयुद्धयता पहिलोपटक रुसले बेलारुसमा ठूलो संख्यामा सेना परिचालन गरेको भन्दै फ्रान्सले चिन्ता व्यक्त गरेको छ ।

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले दशकौंमा तनावबीच युरोपले सबैभन्दा ठूलो सुरक्षा संकट सामना गरिरहेको बताएका छन् ।

    रसियाली सैन्य कारबाहीको बढ्दो धम्कीका कारण दर्शाउदै अमेरिकाले बिहीबार आफ्ना नागरिकहरुलाई युक्रेन छोड्न अनुरोध गरेको थियो ।

    ‘युक्रेनमा रहेका मानिसहरु व्यावसायिक वा निजी माध्यमद्वारा स्वदेश फर्किनु पर्छ, ’ अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # युक्रेनी आरोप
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology