Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसीबारे ओलीको जबाफ : पहिले सत्तारुढ दलले स्थिति प्रष्ट पारोस्

एमसीसीबारे ओलीको जबाफ : पहिले सत्तारुढ दलले स्थिति प्रष्ट पारोस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • ११:०३:०६ बजे
  • 1.7K
    SHARES
  • एमसीसीबारे ओलीको जबाफ : पहिले सत्तारुढ दलले स्थिति प्रष्ट पारोस्

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकन सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का बारेमा सबैभन्दा पहिले सत्तारुढ दल स्पष्ट हुनुपर्ने प्रस्टाएका छन् ।

    images

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले टेलिफोनमार्फत् प्रतिपक्ष दल एमालेलाई स्थिति प्रष्ट पार्न गरेको आग्रहको जबाफमा ओलीले सत्तारुढ दल पहिलो स्पष्ट हुनुपर्नेमा जोड गरेका हुन् ।

    एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसीमा एमालेले निर्णय नगरी भएन’ भन्दै हिजो साँझ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टेलिफोनमार्फत् आग्रह गरेको थिए ।

    “पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ– तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौँ भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४–५ महिनामा पारित गर्छौँ’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ,” ओलीलाई उद्धृत गर्दै रिजालले जानकारी दिए, ‘अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन, पहिले आफूले निर्णय गर्नुस, नेकपा एमाले त निर्णय गरिहाल्छ ।”

    रिजालका अनुसार सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले अमेरिकन सहयोग एमसीसीका बारेमा पहिला धारणा बनाउनु पर्ने एमालेका पुर्ववतः भनाइ कायमै छ ।

  • सम्बन्धित विषय:

  • # एमसीसी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology