Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

जनयुद्ध दिवस मनाउन प्रचण्ड मधेस प्रदेश जाने

जनयुद्ध दिवस मनाउन प्रचण्ड मधेस प्रदेश जाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७८ शनिवार • ०८:४४:०७ बजे
  • 865
    SHARES
  • जनयुद्ध दिवस मनाउन प्रचण्ड मधेस प्रदेश जाने

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि मधेस प्रदेश जाने भएका छन् ।

    images

    जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड भोलि जनकपुर जान लागेका हुन् । उनी बिहान १० बजे जहाजमार्फत जनकपुर जान लागेको स्रोतले जनाएको छ ।

    उनले जनकपुरमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    जनयुद्ध दिवसको अवसर पारेर मधेस प्रदेशले भोलि सार्वजनिक विदा समेत दिइसकेको छ ।

    माओवादी केन्द्रले पछिल्लो समय मधेस प्रदेशमा संगठन विस्तारलाई विशेष ध्यान दिएको छ ।

     आइतबार २७औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर सार्वजनिक बिदा दिएको हो । शुक्रबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गरी बिदा दिइएको जनाएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology