यो साता सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले सुनको भाउ उकालो लागेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो ।
जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सयले बढेर ९४ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।