Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

गृहमन्त्री खाण र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

गृहमन्त्री खाण र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७८ शनिवार • १५:२९:४० बजे
  • 616
    SHARES
  • गृहमन्त्री खाण र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

    सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बीच छलफल भएको छ । यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गृहमन्त्री बालकृष्ण खाणको पहलमा सो भेटवार्ता भएको हो ।

    images

    शनिबार गृहमन्त्रालयमा भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र बडू, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

    गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार वार्तामा २०७७ फागुन २० गते नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको छ ।

    फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको उनको भनाई छ । वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाए ।

    सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले बताए । बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको बताए ।

    यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाणले निरन्तर वार्ता गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपाबीच वार्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology