Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आजदेखि नयाँ मोडेलका आधुनिक रेल कुर्था–जनकपुर–जयनगर चल्ने

आजदेखि नयाँ मोडेलका आधुनिक रेल कुर्था–जनकपुर–जयनगर चल्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • ०९:३४:५२ बजे
  • 799
    SHARES
  • आजदेखि नयाँ मोडेलका आधुनिक रेल कुर्था–जनकपुर–जयनगर चल्ने

     लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । यसअघि रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आजदे्खि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए ।

    images

    महाप्रन्धक झाले अव रेल सञ्चालनमा कुनै अवरोध नहुने गरी आजदेखि रेल सञ्चालन हुने दाबी गरे । रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ । आइतबारदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गरिने बताए ।

    ‘आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ’, महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौ, हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौ ।’

    रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए ।

    विगतमा चोरी भएका रेल्वे ट्याकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए । ५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए । तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए ।

    नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ ।

    यसैबीच,नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।

    काँचुली फेर्दै नेपाल रेल

    भारतीय ब्रिटिस शासकले विक्रम सम्वत १९९४ मा महोत्तरीको जगंगलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मेवारी दिइएको थियो । नेपाल सरकारले ती रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदिमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदिको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा समिति हुन पुगे ।

    मर्मत सम्भारको अभाव र राजनीति दलहरुले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा विस्तार विस्तारै बन्द नै अवस्थामा पुगेका थिए ।

    पटक–पटक लिक छोडने तथा दुर्घटानमा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नती गर्न भारत सरकारसँग आग्रहा गरिएको थियो । २०७१ साल माघ देखि उक्त सेवाई पुर्ण रुपमा ठप्प गरि स्तरोन्नतीको काम हुदै आएको छ ।

    सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर–बर्दिवास रेल सेवा संचालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपल्बध गराउने र निर्माण सम्बन्धी सम्पुर्ण जस्तै ट्रायक निर्माण, स्टेशन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्यृति लागयतका सम्पुर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ ।

    कुर्था–देखि बिजलपुरा सम्मको ९० प्रतिशत काम सम्पन्न भईरहेको बताउँदै ओझाले भने, ‘जयनगर कुर्था रेल सेवा संचालन भएपछि त्यसको केहि महिनामै बिजलपुरा सम्म पनि रेल चलाउन सकिन्छ । कारण कुर्था देखि बिजलपुरा सम्मको ट्रायाक निर्माण, स्टेशन, हल्ट निर्माण रुपमा भइसकको छ ।’

    जयनगरदेखि कुर्था सम्म ३५ किलोमटिर यात्रा गर्न दुईदेखि तीन घण्टा लाग्ने रेलाई ब्रोडगेज सेवा सुरु भएपनि १ घण्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । ‘न्यारोगेज रेल सेवा सञ्चालन हुदाँ बढीमा एक पटकमा एक हजार यात्रु आवत जावत गर्न सकिन्थयो’, उनले भने, ‘ब्रोडगेज सेवा सुरु भएपछि १३ सय यात्रु यहिलै कै अवस्थामा र बोगि ९डब्बा० थप गरेर त्यसो भन्दा बढी यात्रीलाई चढाउन सकिन्छ ।’

    नयाँ मोडेलका आधुनिक रेल

    डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विधुत दुवैबाट चल्ने यि दुवै विश्वमै नयाँ मोडेलका रेलको रुपमा तयार गरिएको निर्माण कमपनीले दावि गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्स पावरका हुन् ।

    प्रति घण्टा ११० किलो मिटरको स्पीडमा चल्न सक्ने रेल एक पटकमा १ हजार ३ सयसम्म यात्रुले यात्रा गर्न सक्छन् । एउटै ईन्जिन भएपनि दुबै तर्फबाट चलाउन सकिने रेलको एउट बोगिमा ७० वटा सिट रहेको छ ।

    २० मिटर लामो रेलको ईन्जिनवाहेक एक एसि र २ जेनरल बोगि रहेको छ । प्रति किलोमिटर २ लिटर डिजेलको अभरेज दिने रेलमा आवश्कयता अनुसार थप ४ वटा बोगि सम्म जोडन सकिने निर्माण कम्पनीको दावि छ । नेपाललाई लक्ष्ति गरि बनाएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कमपनीका म्याकेनिकल ईन्जिनियर दिपक त्रिपाठीले बताए ।

    यो दुवै रेल अन्य रेलभन्दा फरक र आकर्षक मोडेलका रहेको उल्लेख गर्दै त्रिपाठीले भने, ‘यसको स्पीड, लोड बोक्ने क्षमता धेरै राम्रो छ, नेपालका लागि हामीले स्पेशल डिजाईन गरेका छौ ।’ रेलका बोडिङहरुको यात्रीहरुले आफुसँग ल्याउने झोला ब्याङगहरु राख्ने स्थान बनाईएको छ भने प्रत्येक बोगिमा शौचालयको व्यवस्था गरिएको छ । एसी वाहेक अन्य जेनरेल बोगिमा ठाउँठाउँमा पंखा लगाईएको छ ।

    नेपाल सरकारले खरिद गरेको रेल यात्रु वाहेक रेल रहेको रहेको भन्दै उनले भने, ‘यसमा माल ओसारपोसार गर्न मिल्दैन, यो पुर्णत यात्रु ओसोरपोसरको उदेश्यले निर्माण गरिएको छ ।’ नेपाल सरकारको आग्रहा कम्पनीले रेललाई नेपालकै झण्डाको रंङगमा पेन्ट गरिएकोले रेलको आकर्षणलाई झन बढाएको उनले बताए ।

    काँचुली फेर्दै नेपाल रेल

    भारतीय ब्रिटिस शासकले विक्रम सम्मत १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानीको लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि ती रेललाई नेपाल सरकारको जिम्मेवारी दिइएको थियो । नेपाल सरकारले ती रेलमा यात्रुको लागि सञ्चालन गर्न थाले । २०५९ सालमा महोत्तरीको विग्ही नदीमा आएको बाढीले जीर्ण अवस्थामा रहेको विग्ही नदीको पुल भत्किएपछि जनकपुर जयनगर २९ किलोमिटरमा उक्त सेवा समिति हुन पुगे ।

    मर्मत सम्भारको अभाव र राजनीति दलहरूले कार्यकर्ता भरपोषणको केन्द्र बनाएको रेलमा विस्तार बिस्तारै बन्द नै अवस्थामा पुगेका थिए ।

    पटक–पटक लिक छोड्ने तथा दुर्घटनामा पर्ने न्यारोगेज सेवालाई ब्रोडग्रेज सेवामा स्तरोन्नति गर्न भारत सरकारसँग आग्रह गरिएको थियो । २०७१ साल माघ देखि उक्त सेवालाई पूर्ण रूपमा ठप्प गरी स्तरोन्नतिको काम हुँदै आएको छ ।

    सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर–बर्दिबास रेल सेवा सञ्चालनको लागि सहमति भएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र निर्माण सम्बन्धी सम्पूर्ण जस्तै ट्याक निर्माण, स्टेसन भवन, हल्ट, पुलपुलेस, खानेपानी, विद्यृतिय लगायतका सम्पूर्ण काम भारत सरकारले गर्ने सहमति भएको छ । ब्रोडगेज निर्माणको जिम्मेवारी भारत सरकारको रेल कम्पनी इरकन इन्टरनेशनल लिमिटेडले पाएको छ ।

    कुर्था–देखि बिजलपुरा सम्मको ९० प्रतिशत काम सम्पन्न भइरहेको बताउँदै ओझाले भने, ‘जयनगर कुर्था रेल सेवा सञ्चालन भएपछि त्यसको केही महिनामै बिजलपुरा सम्म पनि रेल चलाउन सकिन्छ । कारण कुर्था देखि बिजलपुरा सम्मको ट्र्याक निर्माण, स्टेसन, हल्ट निर्माण रूपमा भइसकेको छ ।’

    जयनगरदेखि कुर्था सम्म ३५ किलोमिटर यात्रा गर्न दुईदेखि तीन घण्टा लाग्ने रेलाई ब्रोडगेज सेवा सुरु भए पनि १ घण्टामा उक्त दूरी तय गरिने इन्जिनियर ओझाले बताए । ‘न्यारोगेज रेल सेवा सञ्चालन हुँदा बढीमा एक पटकमा एक हजार यात्रु आवतजावत गर्न सकिन्थ्यो’, उनले भने, ‘ब्रोडगेज सेवा सुरु भएपछि १३ सय यात्रु अहिलै कै अवस्थामा र बोगि ९डब्बा० थप गरेर त्यसो भन्दा बढी यात्रीलाई चढाउन सकिन्छ ।’

    नयाँ मोडेलका आधुनिक रेल

    डिजेल ईलेक्टिक मल्टिपल युनिट डिजेल र विद्युत दुवैबाट चल्ने यी दुवै विश्वमै नयाँ मोडेलका रेलको रूपमा तयार गरिएको निर्माण कम्पनीले दाबी गरेको छ । डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरको दुवै रेल १६ सय हर्ष पावरका हुन् ।

    प्रति घण्टा ११० किलो मिटरको स्पिडमा चल्ने सक्ने रेल एक पटकमा १ हजार ३ सय सम्म यात्रीले यात्रा गर्न सक्छन् । एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउटा बोगिमा ७० वटा सिट रहेको छ ।

    २० मिटर लामो रेलको इन्जिनबाहेक एक एसी र २ जनरल बोगि रहेको छ । प्रति किलोमिटर २ लिटर डिजेलको कभरेज दिने रेलमा आवश्यकता अनुसार थप ४ वटा बोगि सम्म जोडन सकिने निर्माण कम्पनीको दाबी छ । नेपाललाई लक्षित गरी बनाएको रेल भारतमा सञ्चालनमा रहेको अन्य रेलभन्दा फरक रहेको निर्माण कम्पनीका मेकानिकल इन्जिनियर दीपक त्रिपाठीले बताए ।

    यो दुवै रेल अन्य रेलभन्दा फरक र आकर्षक मोडेलका रहेको उल्लेख गर्दै त्रिपाठीले भने, ‘यसको स्पिड, लोड बोक्ने क्षमता धेरै राम्रो छ, नेपालका लागि हामीले स्पेसल डिजाइन गरेका छौ ।’ रेलका बोडिङहरूको यात्रीहरूले आफूसँग ल्याउने झोला ब्याङगहरू राख्ने स्थान बनाइएको छ भने प्रत्येक बोगिमा शौचालयको व्यवस्था गरिएको छ । एसी बाहेक अन्य जनरल बोगिमा ठाउँठाउँमा पंखा लगाइएको छ ।

    नेपाल सरकारले खरिद गरेको रेल यात्रु बाहेक रेल रहेको रहेको भन्दै उनले भने, ‘यसमा माल ओसारपसार गर्न मिल्दैन, यो पूर्णत यात्रु ओसोरपसारको उद्देश्यले निर्माण गरिएको छ ।’ नेपाल सरकारको आग्रह कम्पनीले रेललाई नेपालकै झण्डाको रंङगमा पेन्ट गरिएकोले रेलको आकर्षणलाई झन् बढाएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # जनकपुर–जयनगर चल्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology