Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

२७औं जनयुद्ध दिवसः छरिएर रहेका माओवादी शक्तिहरुलाई एक हुन प्रचण्डको अपिल

२७औं जनयुद्ध दिवसः छरिएर रहेका माओवादी शक्तिहरुलाई एक हुन प्रचण्डको अपिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • ०९:३७:३८ बजे
  • 769
    SHARES
  • २७औं जनयुद्ध दिवसः छरिएर रहेका माओवादी शक्तिहरुलाई एक हुन प्रचण्डको अपिल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छरिएर रहेका माओवादी शक्तिहरु एक हुन अपिल गरेका छन ।

    images

    २७औं ‘जनयुद्ध दिवसको अवसरमा शुभकामना दिदै अध्यक्ष प्रचण्डले देशमा आईपरेका समस्यालाई आत्मसात गर्दै माओवादी शक्तिहरुलाई एक हुन अपिल गरेका हुन ।

    ‘माओवादी जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरुमा जनयुद्धका उपलब्धी एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढ्न विशेष अनुरोध गर्दछु,’ प्रचण्डले बक्तब्यमा भनेका छन, ‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु ।’

    प्रचण्डका अनुसार देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले लागिरहेका परेका छन् ।

    २७औं जनयुद्ध दिवसको सन्दर्भमा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक र शुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न प्रचण्डले अपिल समेत गरेका छन ।

    नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको थियो र अहिले पनि उत्तिकै रहेको उल्लेख गर्दै नेपाली राजनैतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रुपमा स्थापित भइसकेको जिकिरसमेत गरेका छन ।

    जनयुद्धको जगमा सम्पन्न भएको ०६२÷६३ को संयुक्त जनआन्दोलन पश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा संस्थागत भएको उल्लेख गरेका प्रचण्डलेसंविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो भन्ने कुरामा दुईमत नभएको दावी प्रस्तुत गरेका छन ।

    माओवादी शक्तिहरु एक हुनुपर्नेमा जोड गरेका प्रचण्डले ‘परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास समेत देखाएका छन ।

    जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्नतकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित पुनः एकपटक देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र श्रमजीवि नेपाली जनसमुदायमा बधाई र शुभकामना दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्डको अपिल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology