Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

माओवादी विभाजनको कमजोरीबारे खुला हृदयले आत्मसमीक्षा गरौँ : प्रचण्ड

माओवादी विभाजनको कमजोरीबारे खुला हृदयले आत्मसमीक्षा गरौँ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • ११:५९:५८ बजे
  • 604
    SHARES
  • माओवादी विभाजनको कमजोरीबारे खुला हृदयले आत्मसमीक्षा गरौँ : प्रचण्ड

    पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

    images

    प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन पनि माओवादी घटकहरू एकताबद्ध हुनपर्ने औचित्य रहेको प्रचण्डको भनाइ छ । उनले क–कसको कहाँकहाँ कमजोरी रह्यो भन्नेबारे खुला हृदयले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताए ।

    ‘आजको दिन ती तमाम क्रान्तिकारी साथीहरूलाई प्रतिगमनका निम्ति कम्तीमा पनि प्रतिक्रान्तिको षड्यन्त्रको निम्ति, माओवादी आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्रकोविरुद्ध फेरि एकचोटी एकताबद्ध हुन म विशेष रूपले अपिल गर्न चाहन्छु’, २७ औँ जनयुद्धको दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरौँ ।

    क(कसले कहाँ कहाँ के कति कमजोरी गर्‍यो ? खुला हृदयले आत्मसमीक्षा गर्न तयार होऔँ ।’ माओवादीभन्दा बाहिरका क्रान्तिकारी, इमान्दार र परिवर्तनको पक्षधर कम्युनिस्ट पार्टीहरू पनि एकताबद्ध हुनुपर्नेमा जोड दिए । एकताबद्ध हुँदा समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सकिने प्रचण्ड बताउँछन् ।

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई परिमार्जन गरेर जानुपर्ने बताएका छन् । परिमार्जनको संकल्प जनयुद्ध दिवसकै अवसरमा गर्नुपर्ने पनि बताए ।

    २७ औँ जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा प्रचडले लोकतान्त्रिक अधिकारको रक्षा र संविधानकै रक्षाको निम्ति परिमार्जन आवश्यक रहेको धारणा राखे । उनले जनयुद्धको दिनलाई नयाँ संकल्प गर्न ऐतिहासिक दिन पनि भनेका छन् ।

    ‘आज जनयुद्ध दिवस मनाउनुनको तात्पर्य एकचोटी फेरि नयाँ संकल्प लिनुपर्ने, राष्ट्रियता स्वाधिनताको निम्ति र प्राप्त लोकतान्त्रिक अधिकारको रक्षाको निम्ति र संविधान अनि त्यहाँ राखिएका जनपक्षीय प्रावधानलाई अझ परिमाजर्न गरे जानुपर्छ ,’ अध्यक्ष प्रचण्डले भने, ‘ आजको दिनले हामी सबैलाई देशभरि रहेको क्रान्तिकारीहरूलाई एउटा नयाँ ऊर्जा प्राप्त गर्ने, नयाँ संकल्प गर्ने र नयाँ कमिटमेन्टको निम्ति आजको दिन ऐतिहासिक बनेको छ ।’

    अध्यक्ष प्रचण्डले जनयुद्धको जगमा भएको जनआन्दोलनको समायोजनले नै नेपालका राजनीतिक दलहरूबीच नयाँ संकल्प, एकता, संविधानसभा र संघीय गणतन्त्रका निम्ति संघर्ष गर्ने आधारशीला खडा गरेको दाबी गरेका छन् ।

    संघर्षले नै जनतालाई अधिकारसम्पन्न बनाउँदै लगेको तर एक प्रवृत्तिका मान्छेलाई भने त्यो कुरा सुरुदेखि नै मन नपरेको बताए । त्यही कारण माओवादी कमजोर पार्ने र जनयुद्धको जगमा प्राप्त राजनीतिक उपलब्धि सिध्याउने प्रयास भइरहेको उनी बताउँछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology