Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमा के छ ? (पूर्णपाठ)

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमा के छ ? (पूर्णपाठ)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • १३:०९:४० बजे
  • 823
    SHARES
  • प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमा के छ ? (पूर्णपाठ)

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद् सचिवालयमा महाअभियोग दर्ता भएको जानकारी दिए ।

    images

    उनका अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी ९जसपा०का सांसद्हरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको हो ।

    प्रस्तावमाथि ९८ जना सांसद्ले हस्ताक्षर गरेको उनको भनाइ छ ।

     प्रस्तावमध्येका माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रस्ताव संविधानको धारा १०२ अनुसार दर्ता गरिएको स्पष्ट पारे ।

    पहिलो – न्यायालय सुचारु गर्न सकेनन् ।
    दोस्रो – निष्पक्ष र स्वतन्त्र ढंगले न्याय सम्पादन गर्न सकेनन्
    तेस्रो – न्यायालयमा आर्थिक अनियमतता बढ्यो ।
    चौँथो – न्यायालय सञ्चालनमा असक्षमता र अयोग्यता देखियो ।

    जबराविरुद्ध सत्तारुढ गठबन्धनका ९८ जना सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । दर्ता भएपछि महाअभियोग समिति गठन हुन बाँकी छ । समितिले प्रस्ताव दर्तापछि छानबिन गरी प्रतिनिधि सभासमक्ष प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ ।

    प्रतिवेदनअनुसार प्रस्ताव पास गर्न भने दुई तिहाइ मत चाहिन्छ । संसद्को तात्कालिक गणितलाई आधार मान्दा भने प्रस्ताव पारित हुने सम्भावना ज्यादै न्यून छ । किनभने संसद्को ठूलो दल एमाले (९८ सांसद) प्रस्तावको विरुद्धमा उभिएको छ । उसले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावले राजनीतिक द्वन्द्व बढाउन खोजेको प्रारम्भिक टिप्पणी गरेको छ ।

    सत्ता गठबन्धनसँग १६५ सांसद मात्रै छ । जुन महाअभियोग प्रस्ताव पारित गर्न पर्याप्त हुँदैन । महाअभियोग प्रस्ताव दुई तिहाइले पास गर्नुपर्ने हुन्छ, जसका लागि दुई तिहाइ अर्थात् एक सय ८४ सांसद चाहिन्छ ।

     महाअभियोग प्रस्तावमा के छ ? (पूर्णपाठ) click here

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology