Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

न्यायापालिकाको अवरोध हटाउन पहल गरेनन्, यसै कारण महाभियोग :कानुन मन्त्री बडू

न्यायापालिकाको अवरोध हटाउन पहल गरेनन्, यसै कारण महाभियोग :कानुन मन्त्री बडू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • १३:१६:१८ बजे
  • 763
    SHARES
  • न्यायापालिकाको अवरोध हटाउन पहल गरेनन्, यसै कारण महाभियोग :कानुन मन्त्री बडू

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले न्यायालयको चिन्ता नगरेका कारण प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा विरुद्ध महाभियोग दर्ता भएको बताएको छन् ।

    images

    ‘गतिरोधमा न्यायापालिका रह्यो । न्यायापालिकाको आवश्यकता र यसको गरिमामाथि प्रश्न उठ्ने अवस्था आइरहेको छ । त्यसकारण पनि प्रतिनिधिसभाका सांसदले जुन संवैधानिक निकास खोज्ने प्रयत्न खोज्नु भयो त्यो हाम्रो जानकारीमा आएको छ र यो अघि बढ्छ । संवैधानिक गतिरोधले अब निकास पाउँछ ।

    यो गतिरोध अन्त भएपछि न्यायापालिकाको पनि संवैधानिक बाटो सुचारु हुन्छ । यो संवैधानिक निकास आवश्यक थियो,’ बडूले पत्रकारहरुसँग कुराकानी गर्दै भने ।

    प्रतिनिधिसभाका ९८ जना संसादहरुले संविधानको धारा १०१ को उपधारा २ वमोजिम सर्वोच्च अदालतका प्रधानन्यायाधीसमाथि महाभियोग प्रस्ताव दर्ता गरेको उनले जनाए ।

    प्रधानन्यायाधीसका कारण न्यायालयमा झण्डै ४ महिनादेखि न्यायिक र संवैधानिकलगायतका प्रक्रियाहरु अवरुद्ध रहेको उनले बताए । ‘एककिसिमको अप्रत्यासीत अनपेक्षित अवरोधको अवस्था थियो न्याय प्रशासनमा ।

    प्रधानन्यायाधीस भनेको न्यायपालिकाको नेतृत्वकर्ता पनि हो । यो अवरोध फुकाउन शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सरकारमा रहेको कारणले हामीले धेरै हस्तक्षेप गर्न सक्ने अवस्था थिएन,’ मन्त्री बडूले भने ।

  • सम्बन्धित विषय:

  • # कानुन मन्त्री बडू
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology