Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

सर्वोच्चबाट बाहिरिए चोलेन्द्र शम्सेर जबरा

सर्वोच्चबाट बाहिरिए चोलेन्द्र शम्सेर जबरा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • १४:२७:०२ बजे
  • 1.2K
    SHARES
  • सर्वोच्चबाट बाहिरिए चोलेन्द्र शम्सेर जबरा

    प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले सर्वोच्च अदालतबाट बाहिरिएका छन् । महाअभियोग लागेको पत्र बुझेर उनी सर्वोच्च अदालतबाट बाहिरिएका हुन् ।

    images

    सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीश जबरामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् गराएको थियो ।

    जबरा घर फर्किंदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा भने छोपिएको थियो ।

    प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन् ।

    जबरा निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

  • सम्बन्धित विषय:

  • # चोलेन्द्र शम्सेर जबरा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology