Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • १४:३५:५१ बजे
  • 1.0K
    SHARES
  • जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश

    जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठले पार्टी छाडेका छन् । उनी आजबाट माओवादी केन्द्र प्रवेश गरेका छन । आज जनयुद्ध दिवसको अवसर पारेर उनी पार्टी अध्यक्ष प्रचण्डद्वारा काठमाडौंमा माओवादी पार्टी प्रवेश गरेका हुन् । श्रेष्ठ जिल्लाका पुराना माओवादी नेता पनि हुन ।

    images

    तत्कालीन जसपा पार्टीमा उनी ३ नम्बर प्रदेश समितिका सहइन्चार्ज समेत थिए । जिल्लामा जसपा बनाउने अभियानका संयोजक समेत रहेका श्रेष्ठ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका प्रिय पात्र समेत मानिन्थे ।

    पूर्वप्रधानमन्त्री भट्टराई भारतबाट अध्ययन सकेर नेपाल फर्केपछि सिन्धुलीका दीर्घराज श्रेष्ठ निरन्तर भट्टराईसँगै थिए । श्रेष्ठ माओवादीमा गएपछि भट्टराईको पार्टी जसपालाई नराम्रो झट्का लागेको जानकारहरु बताउँछन् ।

    श्रेष्ठले जसपा पार्टी छाडेपछि प्रतिक्रिया दिँदै जसपा सिन्धुलीका नेता अरुण आलेले भने, ‘दीर्घराज दाइको अभाव पार्टीमा रहने छ ।’ सिन्धुली जिल्ला र केन्द्रका नेताहरूलाई आफू पार्टी छोड्ने तयारीमा रहेको श्रेष्ठले जानकारी दिएका थिए ।

    तीन दिन पहिला पूर्वप्रधानमन्त्री भट्टराईलाई भेट गरेर उनले आफुले पार्टी छोड्दै गरेको औपचारिक जानकारी दिएको बताए । भट्टराईले जसपा ढिलोचाँडो बिस्तारै बन्ने अन्तँ जान हतार नगरेको भए हुने थियो भन्ने प्रतिक्रिया दिएका थिए ।

    नयाँ शक्तिदेखि जसपासम्म पार्टी टुटफुट भइरहेकाले पार्टी बन्न समय लाग्ने निक्र्यौलका साथ श्रेष्ठ माओवादी प्रवेश गरेको नागरिकखबरलाई प्रतिक्रिया दिएका छन ।

    श्रेष्ठले भने, ‘मेरा भाइहरु पनि जनयुद्धमा लाग्दा सहिद भएका छन । माओवादी पार्टीले पनि मलाई आवश्यक ठान्यो मैले पनि केही योगदान गर्न सक्छु कि भनेर यता लागेको हो ।’

    माओवादीमा लाग्दा के जिम्मेवारी पाउनुभयो ? भन्ने नागरिकखबरको प्रश्नमा श्रेष्ठले भने, ‘मैले पार्टीमा माग्ने कुरा हुँदैन, पार्टीले जे जिम्मेवारी दिन्छ त्यही कार्यान्वयनमा लाग्नेछु ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology