Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

न्ययापालिको नेतृत्व गर्न असक्षम जबराविरुद्ध महाअभियोग : देव गुरुङ

न्ययापालिको नेतृत्व गर्न असक्षम जबराविरुद्ध महाअभियोग : देव गुरुङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • १४:३८:४३ बजे
  • 1.3K
    SHARES
  • न्ययापालिको नेतृत्व गर्न असक्षम जबराविरुद्ध महाअभियोग : देव गुरुङ

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले न्यायपालिका रक्षको लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाएको बताएका छन् ।

    images

     जबराले न्ययापालिको नेतृत्व गर्न असक्षम रहेको नेता गुरुङको भनाइ छ । सर्वोच्च अदालत लगायत न्यायपालिका भित्र नै अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको उनले बताए ।

    नेता गुरुङले प्रधानन्यायाधीशका कारण संविधान नै संकटमा परेको अवस्थामा कुनै पनि सचेत सांसद चुप लागेर नबस्ने बताउँदै अविश्वासको प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका हुन् ।

    नेता गुरुङले भने- ‘राज्यको तीनै अंग लक भएको अवस्थामा प्रजातन्त्र नै विफल हुने र संविधान नै संकटमा पर्ने अवस्थामा सबै सांसद सचेत हुनुहुन्छ । त्यसैले महाअभियोग लगाएको हौँ ।’

    प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।

    नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।

    महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप उल्लेख गरिएको छ ।

    नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology