Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निर्वाचन आयोगले माग्यो १२ अर्ब रुपैयाँ

निर्वाचन आयोगले माग्यो १२ अर्ब रुपैयाँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७८ आइतवार • १७:२८:३४ बजे
  • 1.4K
    SHARES
  • निर्वाचन आयोगले माग्यो १२ अर्ब रुपैयाँ

    निर्वाचन आयोगले २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सम्पन्न गराउन १२ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारसँग उक्त रकम माग गरिएको समेत जनायो ।

    images

    ‘निर्वाचन ब्यवस्थापनका लागि आवश्यक पर्ने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

    सरकारसँग बजेट प्रस्ताव सहित बजेट स्वीकृतीको प्रकृयामा रहेको र सो अगावै निर्वाचन सामग्री खरिद प्रक्रिया अगाडि बढाउन अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता लिई प्रतिस्पर्धात्मक प्रक्रियाबाट बोलपत्र आव्हान गर्नेगरी मापदण्ड र स्पेसिफिकेशन स्वीकृत गरिएको आयोगले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # निर्वाचन आयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology