नेकपा एमालेको सचिवालय बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज साँझ बसेको बैठकले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग षड्यन्त्रपूर्ण ढंगले दर्ता भएको निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
उनले भने, ‘महाअभियोग आकस्मिक रुपमा षड्यन्त्रपूर्ण रुपमा आएको छ, यो नेपालमा नियन्त्रित अस्थिरता निम्त्याउन गरिएको षड्यन्त्र हो ।’
बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका नेता शंकर पोखरेलले यसलाई अदालतमाथिको प्रहार नभएर सिंगो लोकतन्त्र माथिको प्रहार भएको बताए ।
उनले भने, ‘यसलाई नेपाली जनताको सार्वभौमसत्ता माथिको प्रहारका रुमा हामीले लिएका छौं ।’ उनले स्थानीय निकायको निर्वाचनलाई धकेल्ने षडयन्त्रका रुपमा चालिएको कदममा रुपमा आफूहरुले लिएको बताए ।