नेकपा (एमाले) नेता महेश बस्नेतले पार्टीको संगठन विभागका प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।
बस्नेतले युवा संघमा अनावश्यक हस्तक्षेप गरेको भन्दै अधिकारीलाई सामाजिक संजालमार्फत पदमुक्त गर्न माग गरेका हुन् ।
‘युवा संघले सचिवालयको अधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरुलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ?’
उनले भनेका छन्, ‘संगठनको इन्चार्ज , अध्यक्ष समेतसंग परामर्श नगरी संगठनको बारेमा बिभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?’ संगठनको स्वतन्त्रतामाथि हस्तक्षेप गरेको बस्नेतको भनाई छ ।
‘तसर्थ क।खगराज अदिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसंग माग गर्दछु’, उनले भनेका छन् ।
