Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

आज सर्वदलीय बैठक बस्दै,एमाले सहभागी नहुने

आज सर्वदलीय बैठक बस्दै,एमाले सहभागी नहुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • ०८:३३:२२ बजे
  • 1.2K
    SHARES
  • आज सर्वदलीय बैठक बस्दै,एमाले सहभागी नहुने

    आज सर्वदलीय बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक सोमबार दिउँसो २ बजेका बोलाएका हुन् ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।

    प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए ।

    प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ छन् ।

    यस्तै समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद हुनुहुन्छ । यता सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक भने यही फागुन ४ गते बुधबारका लागि सारिएको छ ।

  • सम्बन्धित विषय:

  • # आज सर्वदलीय बैठक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology