जनयुद्ध २७ औं वर्षगाठको शन्दर्भ पारेर माक्र्सवाद, लेनिनवाद र माओवादको मुल मर्मलाइ विश्वमा सहि ढंगले बुझाउने लागू गर्ने भन्दै मालेमाका लागी विश्वमन्च नामक फोरम घोषणा भएको छ । उक्त सगठनबाट आज जारी बिज्ञप्तीमा नेपाली कम्युनिस्ट आन्दोलन वैचारिक हिसाबबाट नै बिचलित र भ्रष्टीकरण हुनथालेको भन्दै मालेमालाइ सहि ढंगले बुझ्ने बुझाउने र लागु गर्नेमा निकै ठूलो अन्तरविरोध देखिएको जनाएको छ ।
सगठनको तर्फबाट आज जारी भएको बिज्ञप्तीमा नेपाली कम्युनिस्ट आन्दोलनले ७२/७३ बर्षको पार गर्दा नेपाली सर्वहारा श्रमजीवी जनताको न्यानोसाथ पाएको तर खास दल र नेतृत्वमा आएको बैचारिक विचलनका कारण आशातित परिणाम नआएको बताएको छ ।
हिजोका जनयुद्ध र जनआन्दोलनका नेताहरु नै आज बिदेशीका दलालको बनेको भन्दै सहिद,बेपत्ता,घाइते र समग्र न्यायप्रेमी नेपाली जनतामाथी कुठाराघात भएको दाबी गरेको छ । साथै जनयुद्ध कमान्डर प्रचण्डलाई जनयुद्ध सुरुगर्दाका ७ प्रतिवद्धता स्मरण गर्न आग्रह समेत गरेको छ ।
बिज्ञप्तीमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने तत्कालीन नेतृत्व देखि झापा बिद्रोह , जनयुद्ध र पछिल्लो जनसंघर्षको पहल गर्ने नेता र पार्टीपङ्ती प्रति बिशेष आभार समेत प्रकट गरेको छ । बाहिरबाट हेर्दा मुलुकभर कम्युनिस्टहरुको बाहुल्यता भएपनि मुलत मालेमाको सहारामा निजि स्वार्थ पूरा गर्नेहरुको भिड बन्न पुगेकोमा दुख व्यक्त गर्दै यस्तो अवस्था आइपुग्नुमा मालेमालाई ठिक ढंगले आत्मासाथ गर्न नसक्नु र नचाहनु नै मुलकारण रहेको ठोकुवा गरेको छ ।
जनयुद्ध, कम्युनिस्ट आन्दोलन र न्यायप्रेमी जनताले गरेका हरेक संघर्षका उपलब्धिहरुको रक्षा गर्दै समग्र मानवजातिको मुक्तिको खातिर मालेमालाइ दह्रोसग पक्रिन पर्ने अनिवार्य आवस्यकतालाई आत्माबोध गर्दै मंच गठन गरेको जनाएको छ । यो मंचले सबैतिर रहेका कम्युनिस्ट, क्रान्तिकारी,प्रगतिशील, वामपन्थी देशभक्त र श्रमजीवीहरुलाई मालेमाको आलोकमा गोलबन्द गर्दै जाने बताएको छ । मंचले जनताको पक्षमा नयाँ र अनिवार्य यात्रामा आट साहस र धैर्यताका साथ सामेल हुन सबैमा अपिल समेत गरेको छ ।


