Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

चार न्यायाधीशविरुद्ध महाभियोगको तयारी, एमालेले थाल्यो हस्ताक्षर संकलन

चार न्यायाधीशविरुद्ध महाभियोगको तयारी, एमालेले थाल्यो हस्ताक्षर संकलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • ११:१८:५८ बजे
  • 1.2K
    SHARES
  • चार न्यायाधीशविरुद्ध महाभियोगको तयारी, एमालेले थाल्यो हस्ताक्षर संकलन

    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले चार जना न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

    images

    संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ संसद्ले आइतबार महाभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा एमाले‘काउन्टर महाअभियोग’ तयारी गरेको हो ।

    विशेषगरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना संसद्हरुको हस्ताक्षर संकलनको गृहकार्य थालेको छ । सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर संकलन गर्ने र महाअभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताए ।

    संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसद्लाई ह्विप जारी गरिसकेको छ । आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको एमाले सचिवालयको बैठकले प्रधानन्यायाधीश जबरामाथि लागेको महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

    सोही प्रतिवादको तयारीका लागि एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको हो ।

    एमाले सचिवालय बैठकले जबराविरुद्धको महाभियोग प्रस्ताव अदालत, लोकतन्त्र र सार्वभौम सत्तामाथिको षड्यन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै असफल पार्ने निर्णय गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology