Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेका असन्तुष्ट नेताहरू नरबहादुर स्याङ्तान सहित एकीकृत समाजवादीमा प्रवेश

एमालेका असन्तुष्ट नेताहरू नरबहादुर स्याङ्तान सहित एकीकृत समाजवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • ११:२१:०७ बजे
  • 1.6K
    SHARES
  • एमालेका असन्तुष्ट नेताहरू नरबहादुर स्याङ्तान सहित एकीकृत समाजवादीमा प्रवेश

    मधेस प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ ।

    images

    एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधे प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडौँमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए ।

    स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

    पछिल्लो समय मधेस प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology