Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चोलेन्द्रलाई नबोकौं : भीम रावल

चोलेन्द्रलाई नबोकौं : भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • १४:१९:०४ बजे
  • 1.7K
    SHARES
  • चोलेन्द्रलाई नबोकौं : भीम रावल

    नेकपा एमालेको महाधिवेशनमा पराजित भएपछि पार्टीको निर्णायक भूमिकामा नरहेका भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई नबोक्न नेतृत्वलाई सुझाव दिएका छन् ।

    images

    संसदीय दलको बैठकमा बोल्ने क्रममा रावल र भुसालले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नसकिने बताएका हुन् । अरु न्यायाधीशमाथिको महाअभियोगबारे पनि उनीहरुले सोचेरमात्र कदम चाल्नुपर्ने बताएका छन् ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै भुसालले भने- यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँदैन भनेका छौं ।

    अध्यक्षले पनि सोचेर कदम चाल्छौं भन्नुभएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन । बैठकमा रावलले एमसीसीको विरोधमा एमाले सशक्त रुपमा उभिनुपर्ने धारणा राखेका थिए ।

    एमसीसीलाई पास हुन नदिने गरि एमाले अघि बढ्नुपर्ने धारणा आएको भुसालले बताए । बैठकमा रावलले एमसीसीका सन्दर्भमा पार्टी नेतृत्वले लिएको नीतिको समेत आलोचना गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology