Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

हामी उत्तेजनामा निर्णय लिन्नौं:ओली

हामी उत्तेजनामा निर्णय लिन्नौं:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • १४:२३:५९ बजे
  • 1.1K
    SHARES
  • हामी उत्तेजनामा निर्णय लिन्नौं:ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिने बताएका छन् ।

    images

    बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठकमा ओलीले आवेश र उत्तेजनामा होईन विवेकपूर्ण निर्णय लिने बताए ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग लगाइएपछि एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

    बैठक उद्घाटन गर्दै ओलीले लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय भने लिइने बताएका हुन् ।

    बैठकमा सहभागी एक सांसदका अनुसार उनले भनेका छन्, ‘हामी आवेश र उत्तेजनामा निर्णय लिन्नौं । तर लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय लिन्छौं’,

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology