Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमाले संसदीय दलको निर्णय

तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमाले संसदीय दलको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • १६:१७:१५ बजे
  • 1.4K
    SHARES
  • तत्काल ‘काउन्टर महाअभियोग’ नल्याउने एमाले संसदीय दलको निर्णय

    नेकपा एमालेको संसदीय दलको बैठकले तत्काल काउन्टर महाअभियोग नल्याउने निर्णय गरेको छ ।

    images

    संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सभामुख र सर्वोच्चका न्यायाधीश विरुद्ध काउन्टर महाअभियोग नल्याउने निर्णय गरेको हो ।

    अब कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्ने जिम्मेवारी उच्च तहका नेताहरुलाई दिएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    बैठकमा एमसीसीका विषयमा समेत छलफल भएको थियो । सत्तारुढ दलहरुबीच मै मत बाझिएका बेला आफूहरुले कुनै निर्णय नगरेको नेता भट्टराईको भनाइ थियो ।

    बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव टार्ने र एमसीसी पास गर्ने मनसायका साथ महाअभियोग आएको बताएका थिए ।

    ओलीको भनाइ थियो, ‘चोलेन्द्रविरुद्ध आएको महअभियोग स्थानीय चुनावलाई टार्ने, एमसीसीलाई पारित गर्ने र लोकतन्त्रमाथि हमला गर्ने मनसायका साथ आएका हुन् ।’

    भट्टराईले चोलेन्द्र ठीक भन्ने पक्षमा आफूहरू नरहेको भए पनि अहिलेको महाअभियोग जसरी आयो त्यसको आफूहरूले सडक र संसदबाट प्रतिवाद गर्ने बताए ।

    सांसदहरुको हस्ताक्षर संकलन भने गरिराखेको उनले जानकारी दिए । आवश्यकता अनुसार नेतृत्वले गरेको निर्णयमा साथ दिन हस्ताक्षर संकलन गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # संसदीय दलको निर्णय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology