Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सही निर्णय : गगन थापा

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सही निर्णय : गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • १६:५६:३१ बजे
  • 1000
    SHARES
  • प्रधानन्यायाधीशविरुद्धको महाअभियोग सही निर्णय : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव ढिलो भए पनि सही निर्णय भएको बताएका छन् ।

    images

    सोमबार बनेपामा नेपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यायलयमा रहेको गतिरोध अन्त्यका लागि महाअभियोग आवश्यक रहेको तर्क गरेका छन् ।

    “सर्वोच्च अदालतमा महिनौँदेखि प्रधानन्यायाधीशसँग न्यायाधीशले बेञ्च सेयर नगरेको अवस्था थियो । बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन् ।

    उहाँमाथि संगीन आरोप लागेकाले सहज बहिर्गमनका लागि अनुरोध गरेका थियौँ ।

    न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत् अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग गर्दा गरिएको हो,” उनले भने । महाअभियोग पास हुने÷नहुनेबारे यसै भन्न नसकिने भन्दै उनले यसबारे संसद्ले नै निर्णय गर्ने बताए ।

    एमसीसीबारे अनावश्यक छलफल भएको भन्दै उनले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology