Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसीबारे मेरो रेफ्रीको भूमिकामा मात्र हो,निर्णायक भूमिका दलहरुकै हुन्छ : सभामुख

एमसीसीबारे मेरो रेफ्रीको भूमिकामा मात्र हो,निर्णायक भूमिका दलहरुकै हुन्छ : सभामुख

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७८ सोमवार • २०:५३:४७ बजे
  • 1.5K
    SHARES
  • एमसीसीबारे मेरो रेफ्रीको भूमिकामा मात्र हो,निर्णायक भूमिका दलहरुकै हुन्छ : सभामुख

    सभामुख अग्नि सापकोटाले एमसीसी लगाएतका बिषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका छन् ।

    images

    सिहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफु सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताएका हुन् ।

    बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए । बैठकपछि सभामुख सापकोटाले सवै दलले आआफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताए ।

    उनले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने भन्दै आफु रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गरे । आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सवैले पहल गर्नुपर्ने उनले बताए ।

    सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत रहेको उनकोे भनाई छ ।

    त्यस्तै नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले मूल रुपमा संसद् सञ्चालनको विषयमा छलफल भएको जानकारी दिए ।

    उनले एमसीसी लगाएतका बिषयमा सहमति विकास गरेर अगाडि बढ्ने कुरा भएको बताए । उनले आफ्ना सांसदहरुको कारवाहीका बारेमा एमालेले राखेको अडान उचित नभएको धारणा राखे । सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology