Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतबाट आउने हरियो तरकारी रोक्ने यो मौका नगुमाऔं

भारतबाट आउने हरियो तरकारी रोक्ने यो मौका नगुमाऔं

Sobizpress SuAdmin

Sobizpress SuAdmin

आषाढ २, २०७७ मंगलवार • १२:३६:३७ बजे
  • 3.1K
    SHARES
  • भारतबाट आउने हरियो तरकारी रोक्ने यो मौका नगुमाऔं

    विरगंजमा जब स्थानीय तरकारीलाई बढावा दिन भारतबाट आउने तरकारी रोक्ने निर्णय भयो, सबैतिरबाट यसले वाहवाही पायो भने स्थानीय किसानले राम्रो मूल्य पाउन थाले । यति सानो क्षेत्रमा भएको यो निर्णयले राष्ट्रिय स्तरमा चर्चा पायो भने पूरै तरकारी रोक्ने हो भने के होला त ?

    images

    भारतबाट आउने तरकारी रोक्न सम्भव छ ?
    आम किसानको तहबाट हेर्ने हो भने नेपालमा किसानहरुले उत्पादन गर्ने तरकारीले नेपाली बजार धान्छ भन्नेमा विश्वस्त छन् भने मागको आधार हेर्ने हो भने सरकारी संयन्त्र माग धान्न सकिँदैन भन्ने निष्कर्षमा पुगेको देखिन्छ । सिजनमा हुने उत्पादन र बेमौसमी अवस्थामा गरिने खेतिका कारणले हाम्रो माग धान्न निकै मुश्किल देखिने तथ्यांक हाम्रो सामु आउँछ । राष्ट्र बैंकले तयार पारेको तथ्यांक हेर्दा वैधानिक रुपले काठमाडौंको कालिमाटी तरकारी बजारमा दैनिक २ करोड १७ लाखको तरकारी आयात भएको देखिन्छ । यति मात्रामा आउने तरकारीको अवस्थाले हाम्रो उत्पादनको अवस्थालाई जनाउने गरेको छ । के यसरी दैनिक आउने मात्रालाई पूर्ति गर्न हामी उत्पादन गर्न सक्ने अवस्थामा पुग्न कति समय लाग्ला ?

    jayaram-sigdel.png

    अर्कोतिर लकडाउन अवधिमामात्रै भारतबाट तरकारीजन्य उपजहरुको आयात पनि राम्रै देखिएको छ । यसरी देखिएको यो तथ्यांकलाई भने विश्वास गर्न सकिने आधार छ । अघिपछि भन्दा लकडाउनमा आएका तरकारीको रेकर्ड राम्ररी बनेको देखिन्छ । अन्यथा सीमाबाट खुला रुपले आउने र तथ्यांकमा कहिँ पनि नरहने पनि यथार्थ हो । लकडाउन अवधिमा मात्रै ४ अर्बको तरकारी आयात भएको तथ्यांकले देखाएको छ ।

    लकडाउनको अवस्था र खपत
    नेपालमा लकडाउनको अवधि २ महिना नाघेको छ । लकडाउनका कारण बन्द भएका होटल, रेष्टुराँ, पार्टी प्यालेसजस्ता तरकारी खपत हुने मुख्य ठाउँहरु बन्द भएपछि तरकारीको माग घट्नु स्वभाविक हो भने मानिसहरुको आकर्षण गाउँमा भएका कारण पनि मागमा कमी आएको छ । तर, पनि निर्वाध रुपमा भारतीय तरकारीले नेपालमा प्रवेश पाएकै छ । नेपालमा हुने उत्पादनले बजार नपाउनुका दुई कारण भने स्पष्ट छन् । एउटा कारण लकडाउनमा चाहिने ढुवानीको पास हो भने अर्को उपभोक्ता ।

    विभिन्न पालिकाहरुमा उत्पादित कृषि उपजहरु बजारसम्म पु¥याउनका लागि गाडीको व्यवस्था गर्न सकेनन् वा भनौं पहल गरेनन् भने साना किसानहरुको उत्पादनलाई बजारसम्म लैजाने व्यापारीहरुले पनि ढुवानी पास र बजारको कारण देखाउँदै आफु चोखिने प्रयास गरे । खपतको अवस्था पनि लकडाउनका कारण घटेको तथ्यांकले देखाउँछ । कोरोना संक्रमण फैलिने खतरा भनिएकोभित्र तरकारी बजार पनि परेपछि आम उपभोक्ता भएको जे छ त्यहि खाने मनस्थितीमा पुगेपछि खपत कम हुन पुग्यो ।

    नेपाली उत्पादन
    लकडाउनको ५१ औं दिनमा काभ्रे भकुण्डेबेशीका एकजना किसानले फोनमा भने, ‘विषादी नहालेको काउली र केही तरकारी बारीमैं छन्, दैनिक २ गाडीजति हुन्छ । बजारसम्म पु¥याईदिने व्यवस्था गर्न सकिएला त ?’ यहि मेसोमा नुवाकोटबाट अर्गानिक खेति गरिरहेकी अर्गानिक कृषि अभियानकी सक्रिय अभियन्ता कल्पना तिमल्सिनाको पनि यहि प्रश्न आयो, ‘अर्गानिक तरकारीको राम्रो उत्पादन छ बजारको व्यवस्था गर्न के गर्न सकिएला ?’

    यी दुई प्रतिनिधी घटनामात्रै हुन् । लकडाउनका बेला धेरै तरकारी उत्पादन हुने चितवन, काभ्रे, धादिङ, मकवानपुर लगायतका जिल्लाका किसानहरुको हालत उस्तै छ । वर्षौंदेखि बजार र श्रमको उचित मूल्य नपाएका किसानहरु झन् लकडाउनले खुत्रुक्कै परे । देशमा किसानहरु मरिरहने भईरहँदा पनि लकडाउनमा भारतबाट तरकारी निर्वाध आईरह्यो ।

    कृषिमा जनसंख्या र जमिनको मात्रा घटेपनि उत्पादन भने खासै घटेको छैन । ८३ प्रतिशत जनसंख्याबाट ६६ प्रतिशतमा आईपुगेको नेपाली किसानको उत्पादन केहि घटेपनि उल्लेख्य रुपमा भने नघटेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०५४÷०५५ को तथ्यांक हेर्दा प्रतिहेक्टर ९ हजार ६ सय ६४ केजि तरकारी उत्पादन हुने जमिनमा आर्थिक वर्ष २०७२÷०७३ मा आईपुग्दा प्रतिहेक्टर १३ हजार ९ सय ९२ पुग्नु साँच्चै नै राम्रो कुरा हो । यसका लागि प्रविधिको प्रयोग, रासायनिक तत्वहरुको प्रयोग पनि आफ्नो ठाउँमा हुन सक्ला, तर यो उत्पादन बढ्नु आफैंमा सकारात्मक कदम हो ।

    कृषि उत्पादनको कुरा गर्दा कूल भूभागको २१ प्रतिशत जमिन खेतियोग्य रहेको सरकारी तथ्यांकले देखाउँछ । हाल खेति गरिएको जमिन ३० लाख ९१ हजार हेक्टर को तथ्यांक छ भने १२ महिना नै सिंचाई नै हुने जमिन १८ प्रतिशत छ । प्राकृतिक विविधताकै कारण हामी कहाँ सबै कृषि तथा खाद्य उपज उत्पादन हुने गरेका छन् ।

    नेपालको कूल जनसंख्यामध्ये गाउँमा बस्नेको जनसंख्या मात्रै ७० प्रतिशत भन्दा बढी छ । जसमध्ये ६५.५ प्रतिशत जनसंख्या कृषिमा निर्भर छन् । कृषि क्षेत्रले मात्रै देशको कूल ग्राहस्र्थ उत्पादनमा करिब ३२ प्रतिशत योगदान दिएको छ । देशका करिब ८० प्रतिशत उद्योगहरु कृषिमा आश्रित छन् । आर्थिक वर्ष २०६९÷०७० मा करिब ३० लाख ९१ ह्जार हेक्टर जमिनमा खेति गरिएको देखिएकोमा ‘कृषि सूचना केन्द्र’ को तथ्यांकले १० लाख ३० हजार हेक्टर जमिन आधुनिक कृषि औजार तथा उपकरणको अभावमा बाँझो अवस्थामा छन् । यदी यहि अबसरमा तरकारीका लागि औजार, उपकरण र सिंचाईको व्यवस्था गर्ने हो भने यो मौकाको सदुपयोग अनिवार्य छ ।

    यो बन्दाबन्दीमा खपत कम भएको र कोरोना संक्रमणको जोखिमको कारण देखाउँदै आयात कम गर्न सकिन्छ । त्यसमाथी पनि भारतबाट हुने आयातको मात्रामा केहि कमी पनि आएको तथ्यांकले पनि देखाउँछ । आर्थिक वर्ष २०७३÷७४ मा १० अर्ब ६४ करोडको हरियो तरकारी भारतबाट आयात भएकोमा २०७५÷७६को फागुनसम्ममा ७ अर्ब ६९ करोडको आयात भएको छ । यसरी खपत कम भईरहेको, नेपाली उत्पादनले बजारले बजार नपाईरहेको बेलामा पनि आयात नरोक्ने हो भने अरु समय कुरेर बस्नु भनेको मुर्खताबाहेक केही हुनै सक्तैन ।

    बन्दाबन्दीपछि के हुन्छ ?
    भारतबाट आयात रोक्नु भन्नुको अर्थ यतिकै विनाकारण भनिएको होईन । देश लकडाउनमा रहेका बेला वास्तविक खपतको अवस्था र उत्पादनको अवस्थाको बारेमा प्रायः स्थानिय तह जानकार हुँदै आएको छ भने तथ्यांकमा पनि अध्यावधिक हुँदै आएको छ । यसले हाम्रो उत्पादन र खपतको अवस्थाको जानकारी त दिन्छ नै । यति खपत कम भएको अवस्थामानैं आयात रोक्ने हो भने हालको उत्पादनले वितरण गर्न पुग्छ भने उपयुक्त मूल्य पाउनासाथै किसानहरु थप मेहेनतका साथ उत्पादन प्रक्रियामा जोडिन पुग्छन् । बन्दाबन्दी खुल्नासाथै एकैपटक सबै सबै कम्पनी वा उद्योगहरु खुल्छन् भन्ने छैन । बिस्तारै खुल्ने हुँदा उत्पादन पनि क्रमश बढाउँदै लैजान सकिन्छ । जसले सामान्य अवस्थाभन्दा फरक नतिजा अवश्य दिन्छ । यसैकारण यो ठूलो मौका हो ।

    सरकारलाई अवसर
    सरकारका लागि पनि यति ठूलो अवसर विरलै आउँछ । किनकी यहाँ राजनैतिक मुद्दाले पनि थप उत्तोलकको काम गरेको छ । नक्सा विवाद र सीमा अतिक्रमणका कारण र भारतले बेला बेलामा गर्ने नाकाबन्दीका कारण पनि आम नेपालीहरु राष्ट्रियताको सवालमा बढी नै भावनात्मक छन् । देशमा आत्मनिर्भरताको लागि कृषिमा विशेष प्याकेज ल्याउने र सबै स्थानीय तहलाई राम्ररी परिचालन गर्न सक्ने हो भने यो अवसर सायदै आउँछ ।

    कोरोना संक्रमणका कारण विदेशमा रहेका केहि नेपालीहरु पनि फर्कने सम्भावना छँदैछ । केहि कमाएर फर्किने यूवाहरुलाई क्ृषिका तीन तहमा लगाउने हो भने श्रम, सीप र लगानी तीनै कुराको संयोग मिल्ने देखिन्छ । यसरी युवाहरुको एक तप्कालाई उत्पादनमा, अर्को तप्कालाई वितरण र अर्को तप्कालाई बजारीकरणमा लगाउने हो भने यो भन्दा राम्रो विकल्प अर्को अब आउला नआउला ।
    कोरोना कहरसँगै अब कृषिमा लाग्ने मनस्थितीमा पुगेका यूवा, संस्था वा समूहलाई परिचालन गर्ने, उनीहरुलाई सम्वद्र्धन गर्ने तथा उत्प्रेरणका लागि विभिन्न प्याकेजमा काम गर्न दिने हो भने कृषिका लागि यसलाई अवसर मान्नुपर्छ र सबैकुराहरुको संयोग पनि मान्नुपर्छ ।

    अन्त्यमा,
    नेपालमा उत्पादन नै नभएर हरियो तरकारी भारतबाट ल्याउनु परेको होईन । यहाँ सुर्कामा हुने खेति, प्रविधिको उचित प्रयोग नहुने, वितरणको समस्या र विशेष गरि बजारीकरणको मारका कारण भारतबाट तरकारी भित्रिने हो । भारतीय तरकारी रोक्ने निर्णयसँगै अन्य राजनैतिक समस्या पनि हामीले झेल्नुपर्ने निश्चित छ । किनकी अर्थ राजनीति महत्पवूर्ण कुरो हो । भारतीय तरकारी नआउँदा केहि समय एक छाक भोकै परिएला, तर तरकारीमा देश आत्मनिर्भरतामा जान्छ, जान्छ । किनकी, नाकाबन्दीको समयमा दाउरा बालेर पनि छाक टारेका नेपालीहरुलागि एकपटक हरियो तरकारीको आयात रोकौं, किनकी समस्यामा नैं समाधान निस्कने हो । यो समय फलाम तातेको बेला छ, समयमैं हानेर आफुले चाहेको आकारमा ढाल्न सकिन्छ, फलाम सेलाएपछि सकिँदैन ।

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology