Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघीय महासचिवको जोड

युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघीय महासचिवको जोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७८ मंगलवार • ०८:३८:३६ बजे
  • 847
    SHARES
  • युक्रेन संकट वार्ताबाटै समाधान गर्न राष्ट्रसंघीय महासचिवको जोड

    एजेन्सी । राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले रसिया र युक्रेनबीचको बढ्दो तनावप्रति गम्भीर चासो देखाएका छन् ।

    images

    रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री दिमत्रो कुलेबासँगको टेलिफोन वार्तामा महासचिव गुटरेसले यस्तो चासो देखाएको उनका प्रवक्ताले जानाकारी दिए ।

    वार्तामा महासचिव गुटरेसले वर्तमान संकट समाधानका लागि वार्तालाई मुख्य जोड दिएको प्रवक्ता स्टेफेन डुजारिकले बताए ।

    ‘युक्रेनमा बढ्दो तनावबारे महासचिवले दुबै देशका विदेशमन्त्रीहरुसँगको वार्तामा गम्भीर चासो देखाएका थिए ’ डुजारिकले भने ।

    सो अवसरमा तनाव शान्त पार्न जारी कूटनीतिक वार्ताको महासचिवले स्वागत गर्दै कूटनीतिको कुनै विकल्प नभएको बताए ।

    महासचिव गुट्रेस र उनका प्रवक्ता डुजारिकले रसियाले युक्रेन अतिक्रमण नगर्नेमा आफूहरु अझै पनि विश्वस्त भएको बताएका थिए ।

    ‘मलाई यो विश्वास छैन् की उहाँको धारणा परिवर्तन भएको छ,’ राष्ट्रसंघको प्रधान कार्यलयमा आयोजित दैनिक ब्रिफिङमा प्रवक्ताले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology