Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन, पास नगरे ‘महाराष्ट्रघात’ हुन्छ :काँग्रेस नेता डा रामशरण महत

एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन, पास नगरे ‘महाराष्ट्रघात’ हुन्छ :काँग्रेस नेता डा रामशरण महत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७८ मंगलवार • १३:०३:४२ बजे
  • 1.6K
    SHARES
  • एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन, पास नगरे ‘महाराष्ट्रघात’ हुन्छ :काँग्रेस नेता डा रामशरण महत

    काँग्रेस नेता डा रामशरण महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् ।

    images

    काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङकै लागि बोलाइएका महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताएका हुन् ।

    काँग्रेसले सांसद नभएपनि पूर्वअर्थमन्त्री महतलाई बैठकमा एमसीसीबारे प्रष्ट पार्नका लागि बोलाएको थियो । महतले एमसीसीबारे अनेकन भ्रम सिर्जना गर्ने काम भएको पनि बताए । ‘एमसीसी पास नगर्ने कुरा महाराष्ट्रघात हुन्छ ।

    एमसीसीका सन्दर्भमा झूट र भ्रम सिर्जना गरिएको छ’, उनले भने, ‘यसलाई चिर्दै एमसीसी पास गर्न हामीले ढिलो गर्नु हुँदैन ।’ उनले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर शक्तिराष्ट्रसँग सम्बन्ध बिगार्न नहुनेमा पनि जोड दिए ।

    ‘यसमा सरकार र काँग्रेस गम्भीर हुनुपर्छ । अमेरिकासँग सम्बन्ध बिगारेर राम्रो हुँदैन’, उनले बैठकमा भने, ‘संसदको यही अधिवेशनले पारित गर्नुपर्छ । फागुन १६ भित्र पारित गरिसक्नुपर्छ ।’

    उनले काँग्रेसले सन् २०१९ मै पास गर्न खोजेको पनि सम्भव नभएको भन्दै अब भने ढिला गर्न नहुने दोहोर्याए । ‘यत्रो समय अमेरिकाले सहुलियत दियो । अब कुनै हालतमा पारित गर्नुपर्छ’, उनको भनाइ थियो, ‘एमसीसी नेपालको गरिबी र बेरोजगारी घटाउन सहयोगी बन्छ ।

    अहिले आयात बढ्दो र निर्यात घट्दो क्रममा हुँदा व्यापार घाटा थेगिनसक्नु छ’, उनले भने, ‘एमसीसी पास गराएर प्रशासरण लाइनमार्फत विद्युत निर्यात गर्न सक्छौँ । आयात र निर्यात सन्तुलन मिलाउन पनि एमसीसी सहयोगी बन्छ । यस्तै महतले एमसीसीको चीनसँग कुनै साइनो नभएको पनि जिकिर गरे । 

  • सम्बन्धित विषय:

  • # नेता डा रामशरण महत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology