Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

भोलि बस्ने संसद् बैठक पनि एमालेले अवरोध गर्ने

भोलि बस्ने संसद् बैठक पनि एमालेले अवरोध गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७८ मंगलवार • १४:४५:०३ बजे
  • 1.8K
    SHARES
  • भोलि बस्ने संसद् बैठक पनि एमालेले अवरोध गर्ने

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ ।

    images

    एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ । बुधबार बस्ने संसद् बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो ।

    ‘हामीहरूको माग पूरा भएको छैन । बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद् शेरबहादुर तामाङले भने । एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको उनले बताए ।

    ‘हाम्रो अवरोधकैबीच पनि सरकारले एमसीसी प्रस्ताव टेबुल गराएर सभामुख सापकोटाले प्रक्रिया अघि बढाउने सम्भावना छ,’ सांसद तामाङले भने ।

    आफूले पदमुक्त गरेका १४ जना सांसद्को कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्न्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # एमालेले अवरोध गर्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology