Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैदको सजाय

१३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैदको सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७८ मंगलवार • १५:१४:५६ बजे
  • 2.1K
    SHARES
  • १३ छात्रालाई बलात्कार गर्ने बोर्डिङ स्कुलका मालिकलाई आजिवन कैदको सजाय

    १३ छात्रालाई दुव्यर्वहार र बलात्कार गरेको अभियोगमा इन्डोनेसियाको एउटा अदालतले एउटा बोर्डिङ स्कुलका सञ्चालक तथा शिक्षकलाई जेल सजाय तोकेको छ ।

    images

    ११ देखि १६ वर्षका किशोरीहरुलाई बलात्कार गरेको अभियोगमा हेरी विरावनलाई अदालतले सो सजाय तोकेको हो । धार्मिक शिक्षकसमेत रहेका विरावनले सन् २०१६ देखि छात्राहरुलाई बलात्कार सुरु गरेका थिए ।

    उनीहरुमध्ये ८ जना गर्भवती भएका थिए । उनीहरुका तर्फबाट नौ जना बालबालिका जन्मिएका थिए । कुमारी छात्राका तर्फबाट बालबालिका जन्मिएको घटनालाई लिएर इन्डोनेसियामा ठूलो हंगामा मच्चिएको थियो । उनीमाथि मृत्युदन्डको सजाय माग गर्दै अभियोजनकर्ताले अदालतमा उजुरी गरेका थिए । 

    मंगलबार बाङडुङ जिल्ला अदालतका न्यायाधीशहरुको एउटा बेन्चले उनलाई आजिवन काराबासको सजाय तोकेको थियो । विरावनलाई नपुंशक बनाउनु पर्ने अभियोजकहरुको अर्को मागलाई पनि पनि बेन्चले अस्वीकार गरेको थियो ।

    पीडितहरुमध्येकी एक जनाका अभिभावकले छोरी गर्भवती भएको थाहा पाएपछि गत वर्षको मे महिनामा सो घटना सार्वजनिक भएको थियो ।

    विरावनले सन् २०१६ देखि विद्यार्थीलाई यौन दुव्यर्वहार गरेको अदालतको फैसलामा उल्लेख छ । पश्चिमी जाभाको बाङडुङ सहरमा मुस्लिम बोर्डिङ स्कुल खोलेपछि उनले दुव्र्यवहारको धन्दा सुरु गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # १३ छात्रालाई बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology