Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दिनभरमा ६ देखी ८ दाना अमला खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ

अमला खानुहोस् फाइदै –फाइदा

अमला खानुहोस् फाइदै –फाइदा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७७ मंगलवार • ०४:०४:४७ बजे
  • 2.6K
    SHARES
  • अमला खानुहोस् फाइदै –फाइदा
    हामी कहाँ सबैभन्दा बढी पाइने फल अमला हो  । बारी, पाखो खरयान जंगल आदि जुनसुकै भागमा अमला फल्नसक्छ । तर यहि अमला आयुर्वेदिक औषधिका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

    आयुर्वेदमा सबैभन्दा बढी प्रयोग हुने जडिबुटि अमला हो  । आयुर्वेदमा अति नै मानिने त्रिफलाका बनाउदा सबै भन्दा महत्वपूर्ण ठूलो हिस्सा अमला नै पर्दछ । त्यस्तै चेवनप्रासमा सबैभन्दा बढी प्रयोग ताजा अमलाको हुन्छ ।

    आयुर्वेदिक मात्रै होइन आधुनिक चिकित्सा पद्धतीमा पनि यसको उत्तिकै महत्व मानिन्छ । भिटामिन सी को राजा अमलामा एन्टीअक्सिडेन्ट प्रयाप्त मात्रामा पाइन्छ ।

    स्वास काश अर्थात खोक्दा खकारमा रगत आउने अवस्था । आम सर्वसाधारणले खकारमा रगत देखा पर्ने वित्तिकै क्षयरोग हो कि भन्ने सोच्ने गर्छन् । तर क्षयरोग नलागेको अवस्थामा पनि कहिलेकाहीँ यस्तो भै दिन्छ । खासगरी भिटामिन सिको कमी हुँदा पनि कहिलेकाँहि खकारमा रगत देखा पर्छ । त्यस्तो बेलामा अमलाको प्रयोग गर्दा राहत हुन्छ ।

    अमलामा के के पाइन्छ ?
    अमलामा भिटामिन सि पाइन्छ । र आयुर्वेदमा यसलाई षडरस अर्थात सबै रस मिल्ने तत्व भनेर महत्वपूर्ण औषधिको रुपमा मानिएको छ ।यसको सेवनले माइक्रो सर्कुलेसन अर्थात रक्तसञ्चार प्रक्रियामा केही बाधा देखिएको छ भने तुरुन्तै हल गर्न मद्धत गर्छ । त्यस्तै मेटावोलिक प्रक्रियामा पनि सहयोग पुरयाउछ ।

    अमलालाई आयुर्वेदमा रसायनको रुमपा लिइन्छ । प्रयोगको हिसावले यसलाई रसायन भन्नासाथ यसले सबै रोग प्रतिरोध आदि निको पार्न मद्धत गर्छ ।

    छाला सम्वन्धी रोग देखी रगत शुद्धिकरणसम्ममा काममा अमलाको प्रयोग बढी गरिन्छ । अमलाबाट बनेको आमलकी चुर्ण भन्छाँै हामी त्यो नियमित प्रयोग गर्दा ग्यास्टिक र इलोजन भएको घाउहरु सानो सानो घाउलाई पनि निको पार्छ ।

    दैनिक रुपमा कति खाने ?
    •     चुर्णको रुपमा दैनिक विहान बेलुका तीन देखी छ ग्राम दुधमा वा मनतातो पानीमा मिसाएर खाने ।
    •     केही खाना खाएपछि जुसको रुपमा ४० देखी ८० एमएलसम्म विहान बेलुका खान सकिन्छ ।
    •     दाना प्रयोग गर्ने हो भने २४ घण्टामा ६ देखी ८ वटा दाना प्रयोग गर्न सकिन्छ ।(विहान दिउसो साँझसम्ममा सक्न सकिन्छ)
    •     चेवनप्रासको हिसावले पनि एकचम्चा अमला मिसिएको चेवनप्रास ठूलो चम्चाको विहान बेलुका खान सकिन्छ । अर्थात ६ ग्रामसम्म हुन्छ । - नेपाली हेल्थ

  • सम्बन्धित विषय:

  • # जीवनशैली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology